काठमाडाैं-७ वर्षअघिको अभिनेत्री विनिता बराल स्टारर सुपरहिट फिल्म ‘चपली हाइट’ को तेस्रो सिरिजको शुभ मुहूर्त गरिएको छ । मंगलबार काठमाडौंको बुङमती र खोकना गाउँको बीचमा अवस्थित कार्य विनायक मन्दिरमा स्क्रिप्ट, क्ल्याप र क्यामेरा पूजा गरेर फिल्मको मुहूर्त गरिएको हो । एक महिनाको सुटिङ सेड्युल राखिएको फिल्मको मंसिर ५ गतेबाट छायांकन सुरु हुँदैछ ।
महूर्त समारोहमा अभिनेत्री द्वय स्वस्तिमा खड्का र सुपुष्पा भट्ट, अभिनेता आमिर गौतम, नव-अभिनेता द्वय महेश त्रिपाठी र प्रतिक श्रेष्ठसँगै निर्माता अर्जुन कुमार, निर्देशक निकेश खड्कालगायत उपस्थित थिए । निर्माता अर्जुनले अघिल्ला दुई सिरिजभन्दा ‘चपली हाइट ३’ फरक कथामा बन्न लागेको बताए । तर, फिल्ममा दर्शकले सस्पेन्स र थ्रिल पाउने उनको दाबी छ ।
अभिनेत्री स्वस्तिमा खड्का फिल्मलाई लिएर उत्साहित भए पनि आफ्नो क्यारेक्टरलाई लिएर कन्फ्यूजनमा रहेको बताउँछिन् । ‘मैले यसअघि सस्पेन्स-थ्रिलर फिल्म गरेको थिइनँ । मेरो लागि यो नयाँ जनरा हो । यसले गर्दा पनि फिल्मलाई लिएर उत्साहित छु । तर, स्क्रिप्ट र मेरो क्यारेक्टरलाई लिएर कन्फ्यूजन भैरहेको छ । फ्लोरमा गएपछि ‘स्मुथ’ हुन्छ भन्ने विश्वास छ’, उनी सुनिइन् ।
‘चपली हाइट’ सिरिजका भरपर्दा कलाकार आमिर गौतमले पुनः आफूलाई दर्शकमाझ चिनाएको सिरिजमा आबद्ध हुन पाउँदा खुसी व्यक्त गरे । ‘चपली हाइट ३’ को स्क्रिप्ट एकदमै राम्रो रहेको उनको दाबी छ । त्यस्तै, अभिनेत्री सुपुष्पा ब्रान्ड बनिसकेको सिरिजमा काम गर्न पाउनु आफ्नो लागि ठूलो अवसर रहेको बताउँछिन् । फिल्मको स्क्रिप्टले आफूलाई तानेको उनको भनाई छ ।
फिल्ममा स्वस्तिमा-महेश र सुपुष्पा-प्रतिकको जोडी बाँधिएको छ । चैतमा प्रदर्शनमा ल्याउने तयारी गरिएको ‘चपली हाइट ३’ लाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गर्न लागेको हो । निर्देशक निकेश र निर्माता अर्जुनबीच यसअघि ‘फाटेको जुत्ता’ मा सहकार्य भएको थियो । ‘चपली हाइट ३’ पछि अर्जुनले ‘बर्मजंगको भिडियो’ र ‘खै’ नामक फिल्म बनाउँदैछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस