काठमाडाैं-शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मिस्टर नेपाली’ को व्यापार हेर्दा अभिनेता भुवन केसी फिल्ममा कमब्याक नभएकाे राम्राे हुने देखिएकाे छ नै छर्लङ्ग पार्छ । उनले करीब ७ वर्ष अभिनयमा छिरेका थिए।
छोरा अनमोल केसीको करिअर बनाउन लामो समय अभिनयबाट दूरी बनाएका उनले छोराको करिअर त बनाए, तर आफ्नो क्रेज बचाइराख्न सकेनन् । ‘मिस्टर नेपाली’ यस वर्षको सबैभन्दा ठूलो डिजास्टर साबित भएको छ । फिल्मले सडकका भित्तामा टााँसिएको पोस्टरको पैसा उठाउन पनि गाह्रो छ । भुवनको नामले फिल्मको इनिसियल व्यापार गतिलो हुने विश्वास निर्माण टिमलाई थियो ।
हलमा भुवनको नामले दर्शक तानेको छैन । हुन त, हलमा दर्शक तान्न फिल्म आफैंमा बलियो हुनुपर्छ । फिल्म नै नराम्रो छ भने जति नै ठूलो स्टार भए पनि महँगो टिकट काटेर दर्शक हल पुग्नेवाला छैनन् । यसमा दुईमत नहोला कि ‘मिस्टर नेपाली’ कमजोर ‘कन्टेन्ट’ कै कारण बक्सअफिसमा थला परेको हो । यद्यपि, फिल्म हेर्नेले अभिनेता साहिल श्रेष्ठको अभिनयलाई रुचाएका छन् ।
फिल्ममा अभिनेता भुवन केसीले दोहोरो भूमिका निभाएका छन् । उनले निभाएको एउटा चरित्र नकारात्मक छ । पहिलो पटक भिलेनको भूमिकामा प्रस्तुत भएका कारण दर्शकलाई मनपर्ने उनको विश्वास थियो । तर, उनको चरित्र र अभिनय शक्तिशाली नहुँदा फिल्ममा खासै ठूलो प्रभाव पार्न सकेको छैन । भुवनले यो फिल्म चरित्र हेरेर नभइ पैसाको मुख हेरेर गरेको अहिले टिका-टिप्पणी भैरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस