काठमाडाैं-बलिउड फिल्म ‘पागलपन्थी’ का कारण ‘च च हुई’ मल्टीप्लेक्समा न्यून सोजमा खुम्चनु परेको छ ।
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका ८ स्टेशनमा ‘पागलपन्थी’ लाई २६ सो बाँड्दा ‘च च हुई’ ले १३ सोमा उपस्थिति जनाएको छ । त्यस्तै, बिग मुभिज, विएसआर मुभिज र एफक्यूबमा फिल्मले समान्तर २/२ सो पाउँदा क्यूज सिनेमाज् र वान सिनेमाज्ले समान्तार १/१ सो बाँडेका छन् । भने, सिडिसी सिनेमाज्मा फिल्मलाई ३ सो मिलेको छ ।
‘च च हुई’ यस वर्षको आशा गरिएको फिल्ममध्ये एक हो । तर, मल्टीप्लेक्सहरुले कम सोज बाँड्दा फिल्मलाई बम्पर ओपनिङ गर्ने मौका गुमेको छ । फिल्मले सिंगल पर्दा भने पर्याप्त पाएको निर्माण टिमले बताएको छ । भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय रहेको फिल्मका सम्पादक भुटिया स्वयं हुन् भने निर्माता अमृत घोले हुन् ।
जीवनको पिङमा मच्चिन खोज्दा आउने परिस्थितिलाई फिल्ममा देखाइएको छ । यो फिल्म एजीएल इन्टरटेनमेन्टको ब्यानरमा बनेको हो । सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा सिजन दाहाल र सन्देश अर्याल पटकथा छ । फिल्मका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ । ‘च च हुई’ मा श्री श्रेष्ठको द्वन्द र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस