काठमाडाैं- अभिनेता विराज भट्टले पहिलो पटक निर्देशन गरेको फिल्म ‘साङ्लो’ पूर्व घोषित मितिभन्दा दुई हप्ता अगाडि नै प्रदर्शनमा आउने भएको छ । आउँदो फागुन ९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब माघ २४ गतेबाट देशैभर प्रदर्शन हुने तय भएको छ । यो मितिमा यसअघि नै अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ छ ।
फागुन ९ मा ‘धुर्मुस सुन्तली’ को अभिनय रहेको फिल्म ‘सेन्टी भाइरस’ आउने भएपछि विराजले ‘साङ्लो’ लाई दुई हप्ता अगाडि नै प्रदर्शन गर्न लागेका हुन् । अब, यो फिल्मको बक्सअफिसमा ‘सेल्फी किङ’ सँग भिडन्त हुनेछ । नयाँ प्रदर्शन मितिसहित शनिबार निर्माण टिमले ‘साङ्लो’ को नयाँ पोस्टर सार्वजनिक गरेको छ । जसमा विराज र नव-अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् ।
विराज र निकिताको जोडी बाँधिएको यो फिल्मको बिहीबार पहिलो गीत सार्वजनिक हुँदैछ । फिल्मले किड्नी तस्करीको कथा वाचन गर्ने बताइएको छ । छायांकनको क्रममा डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख छुट्याएपछि यो फिल्म विवादमा तानिएको थियो । छायांकन अगाडि विराजले प्राविधिक कुटेपछि पनि फिल्म विवादमा घेरिएको थियो ।
फिल्ममा प्रकाश शाह नेगेटिभ रोलमा छन् । यसअघि उनले फिल्म ‘लभ स्टेशन’ मा पनि भिलेनको भूमिका निभाएका थिए । मानकृष्ण महर्जन छायाँकार रहेको ‘साङ्लो’ मा कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्तलगायतका कलाकारहरुको पनि अभिनय छ । विराजले करीब ३ वर्षदेखि नेपाली फिल्ममा कमब्याक गर्दैछन् । उनी अभिनीत पछिल्लो फिल्म ‘जय परशुराम’ हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस