बागलुङ– माछा समाउने (हत्केला खेल्ने) प्रतियोगिताले यहाँ जारी दोस्रो गलकोट घुम्टे महोत्सवमा नौलो आकर्षण थप्यो । आइतबार दरमखोलामा राखिएको प्रतियोगितालाई दर्शकले चाख मानेर हेरे । कुरमा हात हालेर माछा समाउने परम्परागत सीपलाई स्थानीयले ‘हत्केला खेल्ने’ भनेर चिन्छन् ।
प्रतियोगितामा आठ जनाले सहभागिता जनाएका थिए । महोत्सव मूल आयोजक समितिका अनुसार सङ्ख्या र आकारका आधारमा विजेता घोषणा गरिएको थियो । निर्धारित २२ मिनेटभित्र सबैभन्दा बढी सात वटा माछा समाउने सुरेश छन्त्याल प्रथम भएका छन् । तीन वटा माछा समाउने दलबहादुर बुढाथोकी द्वितीय भए । छन्त्याल र बुढाथोकीले क्रमशः रु आठ हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।
आकारमा सबैभन्दा ठूलो १५० ग्रामको माछा समातेर ईश्वर परियार प्रथम हुनुभएको समितिका सहसंयोजक राज थापाले जानकारी दिए । धेरै माछा समातेर प्रथम हुनुभएका छन्त्याल आकारतर्फ भने द्वितीय हुनुभयो । दुवैले क्रमशः रु आठ हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरे । छन्त्याल यसअघि विसं २०६३ मा भएको पहिलो महोत्सवमा पनि प्रथम भएका थिए ।
“माछाको प्रचारसँगै माछा समाउने परम्परागत सीपको जगेर्नाका लागि प्रतियोगिता राखिएको हो”, सहसंयोजक थापाले भने । ‘करेन्ट’, विष र पासो लगाउँदा माछा नै सङ्कटमा पर्ने देखिएका बेला प्रतियोगिताले माछाको व्यवस्थित शिकारको सन्देश दिएको उनको भनाइ छ ।
हत्केला खेलेर माछा मार्ने चलन अहिले छैन । माछा समाउने पुरानो तरिका जोगाउँदा पर्यटकीय आकर्षण पनि थपिने विश्वास लिइएको छ । “प्राकृतिक र मौलिक हिसाबले माछाको शिकार गरिने हुँदा यसले पर्यटकलाई पनि आकर्षित गर्छ”, गलकोट घुम्टे पर्यटन विकास केन्द्रका सचिव शेरबहादुर थापाले भने ।
नेपाल बैंक लिमिटेड हरिचौर शाखा र हरिचौर मनि ट्रान्सफरले प्रतियोगिताको पुरस्कार प्रायोजन गरेका थिए । महोत्सवको आकर्षणका रूपमा रहेको उक्त खेललाई आउँदा दिनमा पनि निरन्तरता दिइने आयोजकले जनाएको छ । बुधबारदेखि शुरु भएको महोत्सव ११ गतेसम्म चल्नेछ । महोत्सवमा पुरुष तथा महिला भलिबल, लोकदोहोरी, रत्यौली, तारो खेल, छेलो, पर्यटन दौड, ब्याडमिन्टनलगायतका प्रतियोगिता राखिएको छ । महोत्सवमा हेलिकप्टर शयरकोसमेत व्यवस्था छ ।
गलकोट नगरपालिका–५ हरिचौर, बसाहफाँटमा चलिरहेको महोत्सवमा मौलिक संस्कृति, कृषि, जडीबुटी, पुरातात्विक महत्वका वस्तु, सामग्रीको पनि प्रदर्शनी छ । पर्यटन र व्यापार प्रवद्र्धनसँगै खेल, कला, संस्कृतिको जगेर्नाका लागि महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा रु एक करोड खर्च हुने र रु ४५ लाख बचत गर्ने लक्ष्य लिइएको छ । बचत भएको रकम गलकोट क्षेत्रको पर्यटकीय गुरुयोजना निर्माण, खेल, कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा खर्च गरिनेछ । महोत्सवले नेपाल भ्रमण वर्ष, २०२० को प्रवद्र्धनमा समेत सघाउने विश्वास लिइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस