काठमाडाैं-‘होस्टेल’ बाट डेब्यू गरेका नायकमा देखिएका अनमाेल केसीले ‘ए मेरो हजुर ३’ सहित सात फिल्ममा अभिनय गरिसकेका छन् । यीमध्ये ‘कृ’ र ‘क्याप्टेन’ ले मात्र लगानी उठाएनन् । बाँकी सबै फिल्म बक्सअफिसमा सफल ठहरिए । अहिले उनको नामले नै फिल्मले लगानी उठाउने विश्वास मेकरमा छ । त्यसैले त उनलाई फिल्ममा लिनका लागि निर्माताबीच सानो तछाडमछाड चल्दैन । उनले मागे जति पारिश्रमिकमा फिल्म खेलाउन निर्माता तयार छन् ।
केही वर्ष अगाडिसम्म उनलाई प्रोफेसनल अभिनेताको रुपमा लिइन्थ्यो । एकपटक बोलेपछि कुनै हालतमा पछाडि हट्दैन थिए । तर, महँगो पारिश्रमिकमा साइन गरेको दुई फिल्म ‘ब्याचलर बन्टी’ र ‘धुपौरे’ छायांकनमा जानेबेला स्क्रिप्ट चित्त नबुझेको भन्दै हात झिकेपछि उनलाई ‘धोकेबाज’ को ट्याग लागेको छ । साइन गरेको फिल्म पछि स्क्रिप्टमा दोष देखाएर छाड्नुलाई धेरैले उनको गैरजिम्मेवारी पन बनाएका छन् । भने, कतिपयले स्क्रिप्ट चित्त नबुझेपछि फिल्मबाट हात झिक्नुलाई अनमोलको बुद्धिमता पनि भनेका छन् ।
प्रत्येक कलाकारलाई अवार्ड निकै प्रिय हुन्छन् । अनमोल अपबाद रहने कुरै आएन । हरेक फिल्ममा अभिनयको चर्को आलोचना हुने गरे पनि उनले उत्कृष्ट अभिनेता या पपुलर अभिनेताको अवार्ड वर्षेनी पाइरहेका छन् । अझ रोचक कुरा त के छ भने उनी अवार्ड समारोहमा गएर खाली हात फर्किनु परेको रेकर्ड छैन । अवार्ड कार्यक्रममा गएपछि उनले उत्कृष्ट अभिनेताको अवार्ड जितेरै घर फर्किएका छन् । उनी अवार्ड पाउने निश्चित भएपछि मात्र कार्यक्रममा जाने गरेको बताइन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस