काठमाडौँ : आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ मा भाग लिनको लागि नेपाली चलचित्रकर्मी तथा कलाकार अमेरिका प्रस्थान गरेका छन् । यस बर्ष चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे एरियामा नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिक सम्म हुने भएको छ । यो कार्यक्रमको मुख्य आयोजकमा Global Nepali film Award LLC , USA, Nepal Film Society, Nepal र Golden State Movie Maker LLC, USA रहेका छन् भने सहआयोजकहरुमा 8848 Media House LLC र Himalayan Foundation Corp रहेका छ ।
उक्त अवार्ड कार्यक्रममा भाग लिन नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा बरिष्ट अभिनेता कृष्ण मल्ल, बरिष्ट अभिनेत्री शर्मिला मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, अवार्ड संयोजक, नायक तथा निर्माता मदु कुमार श्रेष्ठ, बरिष्ट अभिनेता तथा अवार्डका सल्लाहकार शिब श्रेष्ठ, बरिष्ट संगीतकार शम्भुजित बास्कोटा, नेपाल सास्कृतिक संघका सभापति तिर्थ थापा, ढाका ब्यबसायी तथा बरिष्ट समाजसेवी कल्पना योङहाङ्ग लगायतका कलाकार त्रिभुवन बिमानस्थल मार्फत तथा बरिष्ट अभिनेता निर शाह, अभिनेता भुवन केसी, अभिनेत्री दिपा श्री निरौला र नायक अनमोल केसी लगायतका कलाकारहरु जापान बाट सिधै अमेरिकाको सानफ्रान्सिस्को पुग्ने जानकारी संयोजक मदु कुमार श्रेष्ठले जानकारी गराएका छन् ।
बिगत तिन संस्करण सम्म कोलोराडो को डेन्भर शहरमा सम्पन्न भएको उक्त अवार्ड नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रबर्धन, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रबर्धन, सिनेमा टुरिजम बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्र्याउने अवार्डका उद्देश्यपनि रहेका छन् । त्यसैले बिगत देखिनै यस ग्लोबल नेपाली फिल्म अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ ।
नेपाली फिल्म ईण्डस्ट्रिजलाइ विश्व बजार सम्म फैलाउने उदेश्यको साथ आयोजना गर्दै आएको यस कार्यक्रमको यो चौथो संस्करण झन् व्यापक र बृहत हुने र संसारभर बसोबास गर्ने नेपाली को सहभागिता समेत हुने भएका छन् ।
अवार्डको मुख्य “अवार्ड सो “नोबेम्बेर ३० को दिन बर्कलिको यु सी थिएटरमा हुनेछ । त्यस्तै कार्यक्रमको भोलि पल्ट बिहानै भिजिट नेपाल २०२० लाइ प्रमोसन गर्ने उदेश्यले सम्पूर्ण कलाकार सहितको सहभागितामा बर्कलि सिटिको मुख्य सडकनै बन्द गरि ”नेपाल डे परेड” मनाइने र सोहि दिन साँझ सान फ्रान्सिस्को बे मा कलाकारहरु सहितको फेयरवेल ईभेण्ट भब्य क्रुजमा समेत हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस