काठमाडौँ : आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ का उत्कृष्ट पाँचभित्र मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाण पत्र प्रदान गरिएको छ । शुभकामना मिडिया शोलुसन प्रा.लि.को आयोजनामा भएको आठौं प्रभु पे म्यूजिक खबर अवार्डमा गीतसंगीतका ४० विधामा पर्न सफल कलाकार र सिर्जनालाई उक्त प्रमाण पत्र प्रदान गरिएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन)को प्रमुख आतिथ्यता एवं म्यूजिक खबरका निर्देशक मिलन मोक्तानको सभापतित्वमा भएको कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त मनोनयन प्रमाण पत्र प्रदान कार्यक्रममा पूर्व अर्थमन्त्री तथा वरिष्ठ गीतकार एस.पी. कोइराला, गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, त्रिभुवन विश्वविद्यालय ललितकला विभागको प्रमुख वरिष्ठ गायिका संगीतका राना प्रधान, संगीत उद्योग संघ नेपालका अध्यक्ष सूर्य मगर, प्रभु पेको तर्फबाट नारायण ढकाल, म्यूजिक खबरका सल्लाहकार लेखक निर्देशक मोहन निरौला, संगीतकर्मी एवं व्यवसायी पृथ्वी थकाली, संगीतकर्मी आरसी कोइराला, संगीतकर्मी एवं व्यवसायी उज्ज्वल जंग ठकुरी, अभिनेता विनोद श्रेष्ठ, आइआइएफटी स्कुल अफ फेसनका तेन्जिङ शेर्पा लगायतको उपस्थिति रहेको थियो ।
अवार्डका कार्यक्रम निर्देशक शान्तिप्रियले स्वागत मन्तव्य दिँदै अवार्डलाई गरिमालाई बढाउने क्रममा एकपछि अर्को म्यूजिक खबरले यात्रा अगाडि बढाएको बताए । अवार्डका बारेमा नकारात्मक टिप्पणी गर्नुभन्दा अवार्डलाई सबै मिलेर कसरी राम्रो गर्न सकिन्छ भन्ने तर्फ लाग्नु उत्तम भएको शान्तिप्रियले बताए ।
त्यस्तै अवार्डलाई शुभकामना दिँदै गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाले म्यूजिक खबर एउटा गीतसंगीत क्षेत्रका ब्राण्ड नै बनिसकेको हुँदा यसको गरिमा नै उच्च भएको बताए । उनले आठौं वर्षमा आउँदा प्रभु पेसँगको सहकार्यले अझ यसको उचाइ बढेको बताउँदै गीतसंगीतको उद्योगमा व्यापार छैन भनेपनि दिनानु दिन गीतसंगीत निर्माण हुन्छन् तिनीहरुलाई म्यूजिक खबरले लगानी गरेर महोत्सवका रुपमा प्रोत्साहन गर्दै आएकोमा खुबी व्यक्त गरे ।
त्यसैगरी त्रिभवुन विश्वविद्यालय ललितकला विभागकी प्रमुख वरिष्ठ गायिका संगीता रानाले म्यूजिक खबरसँग जोडिएर गीतसंगीतको क्षेत्रमा क्रियाशील कलाकारलाई सम्मान र प्रोत्साहन गर्नु प्रशंसनीय कार्य भएको बताइन् ।
पूर्व अर्थमन्त्री एवं वरिष्ठ गीतकार एसपी कोइरालाले म्यूजिक खबरले गरेको अवार्ड कार्यक्रमलाई नजिकबाट मूल्यांकन गरिरहेको बताउँदै गीतसंगीतमा पत्रकारिताका माध्यमले होस् या अवार्डका माध्यमले म्यूजिक खबरले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । अवार्डलाई मर्यादित बनाउन सबैको उत्तिकै दायित्व हुने बताउँदै गीतकार कोइरालाले आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्डले कलाकारलाई अझै उर्जा थप्ने विश्वास व्यक्त गरे ।
अवार्डका सल्लाहकारको प्रतिनिधित्व गर्दै लेखक तथा निर्देशक मोहन निरौलाले म्यूजिक खबरसँग सुरुको वर्षदेखि नै हालसम्म सहकार्य गर्दै आउँदा म्यूजिक खबरले स्रष्टा कलाकारको हितमा महत्वपूर्ण कार्य गरेको बताए । म्यूजिक खबर गीतसंगीतको इतिहासमा पुरानो नाम बनिसकेको र यसले अवार्डका माध्यमले दर्जनौं स्रष्टाहरुलाई सम्मान र प्रोत्साहन गर्दै उद्योगलाई क्रियाशील बनाएको बताए ।
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको प्रमाण पत्र प्रदान गर्ने कार्यक्रममा प्रभु पेको तर्फबाट बोल्दै नारायण ढकालले अबदेखि आगामी वर्षहरुमा पनि ‘प्रभु पे’ निरन्तर म्यूजिक खबरसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाए । प्रभु पे अब वालेटमा आएको हुँदा सजिलो भएको बताउँदै गीतसंगीतका स्रष्टा कलाकारहरुको व्यस्ततालाई अब प्रभु पेले पूर्णता दिलाउने बताए ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै अध्यक्ष सुमन पण्डितले अवार्डमा सहभागी भएको सम्पूर्ण कलाकार नै म्यूजिक खबर परिवार भएको बताए । उनले कलाकारहरुकै लागि अवार्ड आयोजना गरेको बताउँदै वर्षमा एक दिन मेला महोत्सवका रुपमा अवार्डलाई लिन अनुरोध समेत गरे । म्यूजिक खबरले वर्षदिन भरि कलाकारकै पक्षमा वकालत गर्दै आएको छ भने एक दिन अवार्डका माध्यमले महोत्सव मनाउनका लागि उपयुक्त भएको बताए । कार्यक्रम संचारकर्मी लोकराज अधिकारीले संचालन गरेका थिए ।
आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड यही मंसिर २० गते नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा दिनको ठीक दुई बजेबाट सम्पन्न हुँदैछ । गीतसंगीतका ४० विधामा आयोजना गरिएको यो अवार्डमा लामो समयसम्म गीतसंगीतमा सेवा गर्ने एक स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गरिने छ । त्यस्तै अवार्डमा दशकको सम्मान, डायस्पोरा संगीत सम्मान, पत्रकारिता संगीत सम्मान, बाल प्रतिभा प्रोत्साहन सम्मान प्रदान गरिँदै आइएको छ । अवार्डमा निर्देशक मिलन मोक्तान, कार्यक्रम निर्देशक शान्तिप्रिय, कार्यक्रम संयोजक सविता पोखरेल र अध्यक्षमा सुमन पण्डित रहेका छन् । पत्रकार निराजन भण्डारी र गायिका मन्जु पौडेल अफिसियल एमसीका रुपमा प्रस्तुत हुनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस