काठमाडाैं-सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’ को हालै एक विशेष प्रदर्शनी भएको छ । नेपाली सेनाको मुख्यालयमा भएको प्रदर्शनीमा नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले फिल्म हेरेका छन् ।
फिल्म हेरेपछि उनले आफू सन् १८१४ सालमा फर्किएको बताए । फिल्म राम्रो बनेको बताउँदै उनले ‘नालापानी’ ले नेपालको रक्षाको लागि पुर्खाले गरेको योगदान बिर्सन नदिने बताए । ‘यो फिल्मले हामीलाई इतिहास बिर्सन दिँदैन । युद्ध जित्न हतियारले सहयोग गर्छ तर युद्ध जित्न बिना रणनीति हतियारले मात्र हुँदैन भन्ने सन्देश ‘नालापानी’ ले दिन खोजेको छ,’ थापाले भने ।
फिल्मले नेपाली कमजोर नभएको देखाउने उनको भनाई छ । ‘नालापानी’ ले नेपाली सेनामा वीररस थप्दै बताउँदै उनले अगाडि भने- ‘आगामी दिनमा पनि यो फिल्मको लागि नेपाली सेनाबाट अझै सहयोग हुनेछ ।’ विशेष शोमा राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारी तथा राष्ट्रपति सचिवालयका सदस्यहरु एवं तीन सयभन्दा बढी नेपाली सेनाका अधिकारीहरु उपस्थित थिए ।
प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकसँगै इतिहासविदहरु प्रा. डा. धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र के.केसी., पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरुसँग पटक-पटक छलफल गरि नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ लगायतका पुस्तकहरुमा आधारित रहेर ‘नालापानी’ तयार पारिएको निर्देशक रिमेश अधिकारीले बताए ।
फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, महाविर विश्वकर्मा, बाल कलाकार तेजस्वी अधिकारी, हार्दिक थपलियासँगै विदेशी कलाकारहरु एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ । भिएफएक्सको अधिक प्रयोग भएको ‘नालापानी’ को टीजर सार्वजनिक भैसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस