काठमाडौं : चलचित्र ‘नालापानी’को बिशेष प्रदर्शनी गरिएको छ । नेपाली सेनाको मूख्यालयमा भएमो प्रदर्शनीमा नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालगायतले चलचित्र हेरेका थिए ।
प्रधान सेनापति थापाले यो चलचित्र हेरेपछि आफु वि.सं. २०३८ साल तिर पुगेको महशुस भएको बताए । आँखा झिमिक्क नगरिकिन हेर्न सकिने चलचित्र भएको भन्दै उनले ‘नालापानी’ले नेपालको रक्षाको लागि पुर्खाले गरेको योगदान बिर्सन नदिने बताए ।
उक्त बिशेष शोमा राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारी तथा राष्ट्रपति सचिवालयका सदस्यहरु एवम् तीनसय भन्दा बढि नेपाली सेनाका अधिाकारीहरुको उपस्थित रहेको थियो ।
भिएफएक्सको अधिक प्रयोग भएको चलचित्र ‘नालापानी’ को टिजर केही समय पहिले सार्वजनिक भएको थियो जसलाई निकै रुचाईएको छ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो ।
प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविदहरु प्रा. डा. धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र के.सी., पूर्व सहायक रथि डा. प्रेम सिंह बस्न्यातहरुसँग पटक पटक छलफल गरि नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’लगायतका पुस्तकमा आधारित रही ‘नालापानी’ तयार पारिएको निर्देशक रिमेश अधिकारीले बताए ।
यस चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी अधिकारी, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरु एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय रहेको छ ।
रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रा.लि.को प्रस्तुति रहेको यस चलचित्रलाई बिजिबि इन्टरटेनमेन्ट र गंगा नारायण फिल्म्सले सहकार्य गरेका छन् । चलचित्रको परिकल्पना, निर्माण तथा निर्देशन रिमेश अधिकारी हुन । नालापानीको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका छन् ।
द्वन्द्व रोशन श्रेष्ठ, सिनेमाटोग्राफी रामशरण उप्रेती, सम्पादन बिपिन मल्लले गरेका छन् भने बसन्त खत्री मगरले भिएफएक्स गरेका छन् । चलचित्रमा सहनिर्माता पूजना प्रधान र गणेश कार्की रहेका छन् । कार्यकारी निर्माता घनेन्द्र थपलिया रहेको यस चलचित्रका एशोसियट निर्माता मनोज शाक्य हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस