काठमाडौं । नेपाली कथानक चलचित्र ‘१२ सत्ताईस’को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि यहि मंसिर २७ गते प्रदर्शन हुने भनिएको यो चलचित्र अब आउँदो माघ ३ गते प्रदर्शन हुने निर्माण कम्पनी ह्याप्पी प्लानेट फिल्मस् प्रा.ली.ले जनाएको छ ।
‘१२ सत्ताईस’को प्रचार प्रसारको लागी समय कम भएको र चलचित्रलाई अन्तिम रुप दिन केही प्राबिधिक काम समेत बाँकि रहेकोले प्रदर्शन मितिमा हेरफेर गर्नुपरेको निर्माण कम्पनीले जारी गरेको नोटिसमा उल्लेख छ । लाइट कमेडी जनरामा निर्माण भएको यो चलचित्रको केहि दिनअघि सार्वजनिक ट्रेलरमा मिश्रित प्रतिक्रिया आइरहेका छन् । चलचित्रमा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाउँन खोजिएको छ । जोन योञ्जनले निर्देशीत चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज , भीस्म जोशि, अस्मिता खनाल, बिना कार्की लगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र रेणु राना, दिपक खातियोडा, र रुपक थापाले निर्माण गरेका हुन् भने चलचित्रका लागी सहनिर्माताको रुपमा गौतम शाहाको लगानी रहेको छ । अनिश श्याङदेनले छायांकन गरेको चलचित्र कृष्ण भण्डारीले सम्पादन गरेका छन् । चलचित्रको कथा निर्देशक जोनले नै तयार पारेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस