काठमाडाैं-अभिनेतामा अहिलेका हटकेक अनमोल केसी अहिले विदेश भ्रमणमा छन् । आइतबार जापानमा भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’ मा सहभागी हुनका लागि त्यसतर्फ उडेका उनी मंगलबार पिता भुवन केसीसँग अमेरिका पुगेका छन् । नोभेम्बेर ३० तारिखमा हुन लागेको ‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागीता जनाउनका लागि उनी जापानबाट सिधै अमेरिका गएका हुन् ।
अवार्ड आफूले पाउने निश्चित भएपछि मात्र कार्यक्रममा पुग्ने उनले अमेरिकामा पनि उत्कृष्ट अभिनेताको विधामा अवार्ड पाउने कतिपयको ठोकुवा छ । जापानमा उनले ‘क्याप्टेन’ बाट पपलुर अभिनेताको अवार्ड चुमेका थिए । तर, अवार्ड समारोहमा दर्शकको न्यून उपस्थिति भएका कारण उनले अवार्ड पाउँदा चर्चाभन्दा बढी आलोचना भयो । अनमोल भने अवार्ड पाएकोमा दंग छन् ।
अमेरिका ओर्लिएसँगै अहिले उनी घुमघाममा व्यस्त छन् । अवार्डकै लागि अमेरिका पुगेकी अभिनेत्री नम्रता श्रेष्ठले बिहीबार साँझ अनमोलसँग अमेरिकाको बर्कली मरिनामा घुम्दै गरेको एक तस्विर इन्स्टाग्राममा साझेदार गरेकी छन् । ‘ह्याप्पी फेश’ भन्दै क्याप्सनमा उनले अनमोलप्रति प्रेम दर्शाउँदै लेखेकी छन्, ‘टेक केयर । धेरै माया ।’ तस्विरमा दुबै खुसी मुद्रामा देखिएका छन् ।
अनमोलको फेभरेट अभिनेत्री हुन्, नम्रता श्रेष्ठ । उनी नम्रताको आफूलाई हरेक कुरा मनपर्ने बताउँछन् । गत वर्ष अनमोल अभिनीत फिल्म ‘क्याप्टेन’ हेर्न नम्रता हल पुगेकी थिइन् । त्यसबेला अनमोलले नम्रतासँग आफ्नो परिवार र फिल्मबारे सबै कुरा हुने बताएका थिए । नम्रताले पनि हरेक कुरालाई सकारात्मक रुपमा लिने बानी अनमोलको सबैभन्दा राम्रो रहेको बताएकी थिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस