काठमाडौं – नेप्लीज फेसन होमले आयोजना गर्दै आइरहेको बालिका तथा किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता ‘किड क्विन नेपाल–२०१९’ का प्रतिस्पर्धीले आ–आफ्नो प्रतिभा प्रस्ततु गरेका छन् । शनिवार प्रज्ञा भवनमा आयोजित ट्यालेन्ट शोमा २२ जना प्रतिस्पर्धिहरुले आ–आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् ।
प्रतियोगितामा सहभागि काठमाडौंका विभिन्न विद्यालयमा अध्ययनरत बालिका तथा किशोरीहरुमध्ये अधिकांशले ट्यालेन्ट शोमा नृत्य प्रदर्शन गरे । केही प्रतियोगीले गायन समेत पस्किएका थिए । प्रतियोगिहरु मध्ये इलिजा गुरुङले गुरुङ भाषाकै गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने अभिश्री तिवारीले नेवारी भाषाको गीतमा नृत्य प्रस्तुत गरिन् । निमिषा श्रेष्ठले गैरी खेतको सिरै हान्यो…गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दा सुप्रिया तामाङले जीवनका बारेमा आफ्नो मन्तब्य व्यक्त गरिन् । अदिष्टा भण्डारीले ‘नौ महिना…’ शीर्षकको गीत गाइन् भने राषु पन्तले पियानोवादनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरिन् । अन्य प्रतियोगिहरुमध्ये सान्भी बानिया“, मनिषा राई, सुप्रीया विष्ट, प्रकृना प्रधानाङ्ग, प्रँची किबानायो, स्नेहा प्रजापति, कृष्मा ढुंगाना, श्रेया जरेजु, रोषिका लामा तथा सरु खोटेजुले विभिन्न गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । स्नेहा रजकले भने कराते खेलका विभिन्न कौशल प्रस्तुत गरिन् भने निशा बिकले आफ्नै हातले बुनेको फेन्सी ब्याण्ड प्रस्तुत गरिन् । रितिका थापाले गायन प्रस्ततु गरिन् भने आयुष वाइवाले एउटा गीतमा नाट्य प्रस्तुती दिइन् ।
प्राध्यापक डा.विमला शाक्यको सभापतित्वमा सम्पन्न ट्यालेन्ट शोमा करा“ते प्रशिक्षक अशोक श्रेष्ठ, मेकअप आर्टिष्ट मञ्जु कार्की पाण्डे, सञ्चारकर्मी अरुणा भट्टराई, व्यवसायी रोशन सायमी, विज्ञापन व्यवसायी सञ्जय श्रेष्ठ, फेसन उद्यमी एलिना तुलाधर आदि निर्णायकमा रहेका थिए । ललितपुर उप महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष रविन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगिताले बालिका तथा किशोरीहरुमा आत्म विश्वास बढाउने, व्यक्तित्व विकास गराउने, वतृत्व कलाको विकास गराउने लक्ष्य लिएको आयोजक संस्थाकी निर्देश्ँक हेमा मानन्धर बताउ“छिन् ।
उक्त अवसरमा नेप्लीज फेसन होमले प्रकाशित गरेको नेपाल संवत ११४० को क्यालेन्डर समेत विमोचन गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस