काठमाडाैं-अहिले मेकरमा गीतसंगीत राम्रो बनाए फिल्मले हलमा दर्शक तान्छ भन्ने सोचाई छ । केही फिल्मको हकमा यो नदेखिएको होइन । ‘नाईं नभन्नू ल’, ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘ए मेरो हजुर’ सिरिजको इनिसियल व्यापारमा गीतसंगीतको ठूलो योगदान छ । तर, गीत राम्रो हुँदैमा फिल्म चल्ने कदापी होइन । त्यसका लागि फिल्म आफैंमा बलियो हुनुपर्छ । गीतले युट्युबमा करोडौं भ्यूज बटुलेर पनि फिल्म बक्सअफिसमा पत्तासाफ भएका उदाहरण यहाँ अनगिन्ती छन् ।
तात्तातो उदाहरण हो, फिल्म ‘घामड शेरे’ । यो फिल्मको ‘साली मन पर्यो…’ बोलको गीतले इन्टरनेट रिलिजको छोटो समयमै करोड भ्यूज बटुल्यो । निर्माण टिम गीतको सफलताले फिल्मको व्यापारमा फाइदा हुनेमा विश्वस्त थियो । तर, युट्युबमा पटक पटक गीत हेरेका दर्शक नै फिल्म हेर्न हलमा पुगेनन् । अन्ततः फिल्मले बक्सअफिसमा घुँडा टेक्यो । कन्टेन्टभन्दा गीतमा मेहनत गर्दा धेरै फिल्मले ‘घामड शेरे’ को जस्तै नियति भोग्नु परेको छ ।
फिल्म ‘छक्का पञ्जा’ को ‘पूर्व पश्चिम रेल’ गीतपछि नेपाली फिल्ममा लोक शैलीको गीत राख्ने लहड नै चलेको छ । अहिले निर्माता/निर्देशकले कथाको माग नै नभए पनि फिल्ममा जबरजस्ती रुपमा लोक गीत घुसाउन थालेका छन् । फिल्मको महत्त्वपूर्ण सिनमा खर्च गर्न कञ्जुसाई गर्ने निर्माता गीत खिच्नका लागि लाखौं खर्च गर्न बैंक ब्यालेन्स रित्याउँछन् । जसले गर्दा गीतले युट्युबमा करोडौं भ्यूअर्स बटुले पनि फिल्मले हलबाट पोस्टरको समेत पैसा उठाउँदैन ।
‘एक्सन स्टार’ विराज भट्टले पनि आफ्नो निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ को ‘चरीले काफल’ बोलको गीत खिच्नका लागि मोटो रकम खर्चिएका छन् । उनले एक अन्तर्वार्तामा यो गीत खिच्न २५ लाख लागेको बताएका छन् । गएको बिहीबार सार्वजनिक भएको गीतले अहिलेसम्म युट्युबमा साढे ८ लाखभन्दा बढी भ्यूज बटुलिसकेको छ । भने, पाँच हजार बढी कमेन्टमा अधिकांशले गीतको मुक्तकण्ठले प्रशंसा गरेका छन् । गीतलाई ४९ हजार लाइक्स मिलेको छ ।
सफलताको मानक मानिने युट्युबको १७औं ट्रेन्डिङमा रहेको ‘साङ्लो’ को गीतमा अभिनेता विराजले पूर्व मिस नेपाल तथा यस फिल्मकी लिड अभिनेत्री निकिता चाण्डकसँग ठुम्का लगाएका छन् । गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । भने, उनलाई गायनमा मिलन नेवारले साथ दिएकी छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । ‘चरीले काफल’ गीतको अडियो र भिडियोलाई उत्कृष्ट बनाउन निर्माण टिमले निकै मेहनत गरेको छ ।
गीतले लोकप्रियता हासिल गर्दैगर्दा अब प्रश्न यो उठ्छ कि गीतजस्तै के फिल्मको कन्टेन्ट पनि बलियो छ ? वा, अरु मेकरझैँ अभिनेता विराजले पनि कथामा भन्दा गीतमा बढी मेहनत गरेका छन् ? दशक अगाडिसम्म विराजको अनुहार पोस्टरमा राखेको भरमा निर्माता मालामाल हुन्थे । तर, अहिले नेपाली फिल्मको सिनारियो परिवर्तन भएको छ । अहिले फिल्म स्टारले होइन, कन्टेन्टले चल्छ । विराजले यो वास्तविकता त पक्कै आत्मसात् गरेका होलान् !
पूर्व मिस नेपाल निकिताको अभिनयमा डेब्यू र विराजको डेब्यू निर्देशित फिल्म भएका कारण ‘साङ्लो’ कस्तो होला भन्ने कौतुहलता दर्शकमा छ । माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्ममा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । मानकृष्ण महर्जनले खिचेको फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस