काठमाडौं : गत शुक्रबार देखि नेपालको ६० वटा हलमा एकै पटक रिलिज भएको बहुप्रतिक्षित चलचित्र “मखमली मखमली” हेर्ने दर्शकहरुको भिड बढ्दो छ । पहिलो दिनमानै हाउस फुल भएको चलचित्र मखमली मखमलीलाइ हेर्न दर्शकहरु उत्साहित हुँदै सिनेमा घर सम्म जाँदा निर्माण पक्ष समेत खुसिले दङ्ग भएको छ । सिनेमाघर बाट चलचित्र हेरेर बाहिर निस्किदा दर्शकहरुको आँखामा आँसु देख्न सकिन्छ । यथार्थपरक कथाबस्तुमा नारि बेदनालाइ प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दुख पिडालाइ समेटिएको चलचित्रमा दुख पिडा, खुसि हाँसो,कमेडी, याक्सनले भरिपुर्ण चलचित्र भएको हुँदा सम्पूर्ण दर्शकहरुको माया बटुल्न सफल भएकोछ ।
चलचित्रमा नायक जयकिशन बस्नेतको जोडदार अभिनय रहेको छ भने फरक भूमिकामा मखमली बनेकि नायिका शुभेच्छा थापाको कारुणिक अभिनयले जोसुकैको मन पगाल्न सक्छ । यस चलचित्रमा फरक अभिनयमा देखा परेकी नायिका शुभेच्छा थापालाइ गाउले परिवेशमा देख्न सकिन्छ । निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारहरुको समेत दमदार अभिनय रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन्।
बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईको छायाँकन रहेको चलचित्र राजु गिरीले निर्देशन गरेका हुन् ।
समग्र नेपालीहरुको भावनालाइ समेट्दै तयार पारिएको सत्य कथामा आधारित चलचित्र भएको हुँदा चलचित्रलाई सम्पूर्ण नेपालीहरुले माया गरि सिनेमाघर सम्म गई हेरिदिनु निर्मात्री चिल्वाल अनुरोध गर्दछिन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस