काठमाडाैं-नेपाली फिल्मका सबैभन्दा ठूला स्टारडम भएका अभिनेता हुन्, अनमोल केसी । उनलाई जति फिल्मको अफर अहिलेको समयमा सायदै अरु कसैलाई आउँछ । उनले फिल्म गर्नका लागि ‘हुन्छ’ मात्र भने निर्माताहरु ५० लाख पारिश्रमिक आँखा चिम्लिएर दिन तयार छन् । उनको टाउको पोस्टरमा राखेको भरमा फिल्मले बक्सअफिसमा सानदार व्यापार गर्ने सोचाई उनीहरुमा छ ।
स्क्रिप्ट चित्त नबुझेको भन्दै साम्तेन भुटियाको फिल्म ‘धुपौरे’ छाडेर आफू अभिनीत ब्लकबस्टर फिल्म ‘ए मेरो हजुर’ को चौथो श्रृंखलामा काम गर्न राजी भएका उनी अहिले विदेश भ्रमणमा व्यस्त छन् । गएको हप्ता आयोजना भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’ मा सहभागी हुन जापान पुगेका उनी उतैबाट ‘ग्लोबल फिल्म अवार्ड’ मा भाग लिन अमेरिका उडे । अहिले उनी अमेरिकामा छन् ।
डेब्यू फिल्म ‘होस्टेल’ देखि नै आफ्नो क्रेज सस्तो बन्न नदिएका अनमोलले हरेक फिल्ममा समीक्षकबाट अभिनयको आलोचना खेपेकै हुन्छन् । अहिलेसम्म कुनै फिल्ममा चरित्रलाई आत्मसात् गर्न नसकेका उनले उत्कृष्ट अभिनेता वा पपुलर अभिनेता विधाको अवार्ड भने वर्षेनी चुमिरहेका छन् । उनी अवार्ड कार्यक्रममा पुगेपछि कुनै न कुनै विधामा अवार्ड लिएरै घर फर्किन्छन् ।
उनी अवार्ड आफूले पाउने ‘फिक्स’ भएपछि मात्र अवार्ड कार्यक्रममा पुग्छन् । नत्र अनुहार मात्र देखाउन जाँदैनन् । अचेल उनी अवार्ड कार्यक्रममा पुगेपछि उत्कृष्ट अभिनेताको अवार्ड उनैले पाउने ग्यारेन्टी जस्तै हुन्छ । पाँच तारे होटलको बारदेखि दर्शक नै नभएको कार्यक्रममा समेत गर्वका साथ अवार्ड चुमिसकेका अनमोललाई यस वर्ष पनि अवार्ड उचाल्न भ्याइनभ्याइ छ ।
जापानमा भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’ मा उनले फिल्म ‘क्याप्टेन’ बाट पपुलर अभिनेताको अवार्ड चुमे । हुनत उनी जापान उड्दै गर्दा धेरैले अभिनेताको अवार्ड उनकै पोल्टामा पर्ने ठोकुवै गरेका थिए । तर, उक्त अवार्ड कार्यक्रममा दर्शकभन्दा नेपालबाट गएका अतिथी धेरै भएको तस्विर बाहिरिएपछि उनले अवार्डको लोभमा आफ्नो धरातल बिर्सिएको भन्दै आलोचना खेप्नुपर्यो ।
जापानपछि उनी अर्को अवार्ड कार्यक्रममा सहभागी हुन पिता भुवन केसीसँग अमेरिका हानिए । अमेरिका उड्दै गर्दा जापानको विमानस्थलमा अभिनेत्री वर्षा राउतसँग खिचेको तस्विर बाहिरिएपछि ‘ग्लोबल फिल्म अवार्ड’ मा पनि उनले अवार्ड पाउने कतिपयको दाबी थियो । अन्ततः आइतबार भएको अवार्ड कार्यक्रममा उनले ‘स्टार अफ दि इयर’ को अवार्ड जितेका छन् ।
उनी मात्र होइन ‘ग्लोबल फिल्म अवार्ड’मा सहभागी हुने प्रायः सबै कलाकारले कुनै न कुनै विधामा अवार्ड जितेका छन् । पछिल्लो समय नेपाल तथा विदेशमा हुने नेपाली फिल्म अवार्ड ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने शैलीमा बाँड्ने गरिन्छ । यसबाट ‘ग्लोबल फिल्म अवार्ड’ अपबाद रहने कुरै आउँदैन । सबैलाई अवार्ड दिएर आयोजकले कसैलाई दुखी हुन दिएन । अभिनेता अनमोलले अवार्ड पाएको तस्विर सामाजिक सञ्जालमा साझेदार गर्दै आफूले पाएको अवार्ड आफ्ना प्रशंसकलाई समर्पित गर्न चाहेको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस