एजेन्सी- भारतीय अभिनेता सलमान खान अहिले आफ्नो बहुप्रतिक्षीत फिल्म ‘दंबग ३’ को प्रचारमा व्यस्त छन् । यसमा उनीसँगै सई मन्जरेकर, सोनाक्षी सिन्हा, किच्चा सुदीपलगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मको अघिल्ला दुबै श्रृंखला सुपरहिट भएका थिए । तेस्रो श्रृंखलालाई पनि रिलिज अगावै सुपरहिट भनिन थालिएको छ । चर्चित कोरियोग्राफर प्रभु देवा यसका निर्देशक हुन् ।
सलमान ‘दंबग ३’ को प्रमोशनसँगै अर्को वर्ष प्रदर्शनमा आउन लागेको फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ को छायांकनमा पनि व्यस्त छन् । प्रभु देवाकै निर्देशनमा बनिरहेको फिल्ममा सलमानको जोडी अभिनेत्री दिशा पाटनीसँग बाँधिएको छ । यसअघि यी दुईले फिल्म ‘भारत’ मा सँगै काम गरेका थिए । सोहेल खानको निर्माणमा बन्ने फिल्ममा ज्याकी श्राफ र रणदीप हुड्डा पनि छन् ।
यसबीच, अभिनेता सलमान खानलाई गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘जीरो’ का निर्देशक आनन्द एल रायले फिल्म अफर गरेका छन् । उनले आफ्नो नयाँ फिल्ममा अभिनेतामा सलमान र अभिनेत्रीमा सारा अली खानलाई लिन चाहेको जानकारी प्राप्त छ । बलिउडमा प्रवेश गरेसँगै ठूला स्टारसँग काम गर्ने अवसर पाएकी साराले आफूलाई सलमान खानको ठूलो फ्यान बताउने गर्छिन् ।
निर्देशक राय आफ्नो नयाँ फिल्म सलमानले खेल्न तयार भए अभिनेत्रीमा सारालाई लिने सोचमा छन् । सारा ती अभिनेत्रीमा पर्छिन्, जो निर्देशकसँग भेटेर काम माग्न हिचकिचाउँदिनन् । उनीसँग एक फिल्ममेकरको लिस्ट छ, जोसँग उनी काम गर्न चाहन्छिन् । यो लिस्टमा सबैभन्दा टपमा आनन्दको नाम छ । अहिलेसम्म आनन्दको फिल्म गर्ने विषयमा सलमानले कुनै निधो गरेका छैनन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस