काठमाडाैं-अभिनेता दयाहाङ राईले निर्माण गरेको फिल्म ‘माछा माछा’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्म निर्माणमा उनलाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले सघाएका छन् । सुनिल गुरुङको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ केन्द्रिय भूमिकामा छन् ।
फिल्ममा अभिनेता दयाहाङ अतिथी भूमिकामा छन् । भोक-निन्द्रा माया मारेर फिल्मबाट कमाएको पैसा लगानी गरेको फिल्ममा किन उनी आफैं लिड रोलमा देखिएनन् ? धेरैको मनमा जिज्ञासा छ । अहिले ‘कबड्डी’ सिरिजका लेखक उपेन्द्र सुब्बाको डेब्यू निर्देशनमा बनिरहेको फिल्मको छायांकनमा व्यस्त दयाहाङले आफू कथामा फिट भएकाले काम नगरेको बताएका छन् ।
उनी भन्छन्, ‘निर्देशक (सुनिल गुरुङ) ले कथा सुनाउँदा नै यो क्यारेक्टरमा यी पात्र फिट हुन्छन् र यी भए मात्र फिल्म बनाउन सकिन्छ भन्नुभएको थियो । हामीले त्यही अनुसार पात्र चयन गर्यौं । म फिल्मको कथामा फिट थिइनँ । त्यसैले मलाई यो फिल्म खेल्नै पर्छ भन्ने लोभ जागेनँ । एउटा कलाकार लोभी त हुन्छ तर फिट नभएको ठाउँमा जबरजस्ती काम गर्नुको कुनै औचित्य हुन्न ।’
फिल्मको कथा राम्रो लागेर लगानी गरेको उनको भनाई छ । करोडौं कमाउने लोभमा आफूले फिल्ममा लगानी नगरेको उनी बताउँछन् । ‘यो एउटा फिल्म मेकिङको प्राक्टिस हो । युवा साथीबीचको टिमवर्कले सकारात्मक सन्देश प्रवाह गरोस् भन्ने उद्येश्यले ‘माछा माछा’ मा काम गरेका हौं । करोडौं कमाउने लोभ छैन । तर, लगानी डुब्दैन भन्नेमा विश्वस्त छौं,’ उनले भने ।
तीन बेरोजगार युवाले पैसा कमाउन गर्ने दौडधुपमा आधारित भएर बनेको ‘माछा माछा’ को कथा निर्देशक सुनिल स्वयंले लेखेका हुन् । सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ को सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस