धरान / पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापीत नेपाल आईस ‘मिस पुर्वाञ्चल’को दसौ संस्करणको अन्तिम प्रतिस्पर्धीको रुपमा २१ जना पुर्वको बिभिन्न सहरको युवतीहरु छनोट भएका छन् ।अनलाइन फर्म , धरान , इटहरी र बिराटनगरको बिभिन्न कलेजहरुमा कलेज एक्टिभेशन र धरानमा गरिएको अडिशनबाट छानिएका युवतीहरुलाई गत साता देखिको ग्रुमिग क्लास , फोटोग्राफी र मेकअप क्लासपछि अन्तिम प्रतिस्पर्धीको रुपमा छनोट गरिएको हो ।
धरानबाट अनुषा लिम्बु ,अनुपमा बस्नेत , सुष्मिता बराईली ,निभेदिता राजभण्डारी , स्वेता पोख्रेल ,मोनालिषा राई ,शशि बिसंखे , सिमरन प्रधान , सिमरन लिम्बु , रतुवामाई – इटहराबाट बिपना तामांग , उर्लाबारीबाट मिलिमा श्रेष्ठ ,इटहरीबाट सुदिक्षा बिस्वकर्मा , निशा धिताल ,अस्मिता लिम्बु , वर्षा श्रेष्ठ , प्रिजनी नेपाल .खोटांगबाट एन्जल राई , पथरीबाट रिजु भट्टराई , रेजिना राई ,र धनकुटा बाट रेश्मा राई र अन्जु बूढाथोकी अन्तिम छनोटमा परेका हुन् । प्रिजनी नेपाल मिस इटहरी आइकन २०१९ बिजेता हुन् भने रिजु भट्टराई मिस पथरी शनिस्चरे २०१९ र ,एन्जल राई मिस राई २०१९ कि बिजेता हुन ।त्यस्तै अन्य सहभागीहरु पनि मिस एसईई , मिस धनकुटा, मिस पथरी सनिस्चरेमा भाग लिएका र बिभिन्न टाइटल जितेकाहरु छन् ।
कोरियोग्राफर तथा ट्रेनर र भर्खरै मिस कस्मोपोलिटन वर्ल्ड २०१९ कि बिजेता बनेकी प्रियारानी लामाले प्रतियोगीहरुलाई फिनालेको लागि सम्पूर्ण ट्रेनिग दिनेछिन। प्रतियोगिहरुलाई इपिएस , व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ ।
सिजी ब्रुअरी को मुख्य प्रायोजन, बराह ग्रुपको प्रस्तुति , ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरिया र डिभाइन वाइनको को सह -प्रायोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने नेपाल आईस मिस पुर्वान्चल २०१९ को अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै रु दुइ लाख नगद र अध्ययनका लागी युएन कलेजको छात्रवृत्ति दिईने आयोजकले जनाएको छ । मिस पुर्वान्चलको ग्रान्ड फिनाले आगामी पौष ५ गते शनिबार धरानमा भब्यरुपमा आयोजना गरिनेछ।
त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन , मिस बेस्टवाक लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु पन्ध्र हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।
मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ र २०१२ मा सुनसरीकी अस्मिता गुरुङले २०१३ मा सुनसरीकी नेहा बजाज,२०१४ मा मोरंगकि नेमिता आङबुहाङ २०१५ मा मोरंगकि प्रियङका श्रेष्ठ ,२०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बु र २०१८ मा झापाकी पुजा श्रेष्ठले जितेकी थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस