काठमाडाैं-निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले मिलेर निर्माण गरेको क्राइम-कमेडी फिल्म ‘माछा माछा’ लाई प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको छ । बुधबार राजधानीको बिग मुभिजमा आयोजना गरिएको प्रिमियरमा नेपाली फिल्म क्षेत्रका चिर-परिचित अनुहारले फिल्मका कलाकारको अभिनयको प्रशंसा गर्दै कमेडी पाटो मन परेको प्रतिक्रिया दिएका छन् ।
फिल्म हेर्न प्रिमियरमा पुगेका ‘साइँली’ फेम्ड अभिनेता गौरव पहारीले कलाकारको अभिनय सबैभन्दा मन परेको बताए । ‘माछा माछा’ मा अतिथी भूमिकामा देखिएका उनले भने, ‘निर्देशक सुनिल गुरुङको निर्देशकिय क्षमता र लेखन पाटो राम्रो लाग्यो । त्यस्तै, हरेक कलाकारले उम्दा अभिनय गरेका छन् । सौगात (मल्ल) दाई फिल्मको मेरुदण्ड हुनुहुन्छ । उहाँको काम जबरजस्त छ ।’
कलाकार बुद्धि तामाङलाई भने फिल्मको कमेडी पाटो गजब लागेछ । ‘मलाई कलाकारको अभिनय र कमेडी पार्ट मनपर्यो । पात्र अनुरूपका ‘पञ्चलाइन’ निकै रसिला छन् । फिल्ममा सिचुएसन कमेडी छ । हेरुन्जेल फिल्मले मज्जाले मनोरञ्जन दिन्छ,’ उनले भने । अभिनेत्री मिरुना मगरले पनि फिल्म राम्रो बनेको बताउँदै कलाकारको अभिनय सबैभन्दा मन परेको बताइन् ।
‘माछा माछा’ को ‘म्याडम म्याडम’ बोलको गीतमा प्रेमी सौगात मल्लसँग ठुम्का लगाएकी अभिनेत्री सृष्टि श्रेष्ठले फिल्मको कमेडी पाटोमा आफू धेरै हाँसेको बताइन् । उनले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भनिन्, ‘सबै कलाकारले उत्कृष्ट काम गर्नुभएको छ । फिल्म नयाँ कन्सेप्टमा बनेको छ ।’ प्रेमी सौगातको क्यारेक्टर आफूलाई नौलो र रमाइलो लागेको उनको भनाई छ ।
निर्देशक गुरुङले प्रिमियरमा फिल्मकर्मीबाट प्राप्त प्रतिक्रियाले खुसी महशुस भएको बताए । स्क्रिप्टलाई हुबहु पर्दामा उतार्न आफूले सम्पूर्ण प्रयास गरेको उनको भनाई छ । यो उनको डेब्यू निर्देशित फिल्म हो । यस फिल्मका निर्माता दयाहाङले आफूले सोचेको जस्तै फिल्म बनेकोमा खुसी व्यक्त गरे । निर्देशकले स्क्रिप्टलाई दुरुस्तै पर्दामा उतार्न सफल भएको उनको भनाई छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस