काठमाडाैं- केही फरक फिल्मबाट कमब्याक हुने तयारीमा अभिनेता राजेश हमाल देखिएका छन्। ‘महानायक’ को उपमा पाएका हमालले आफ्नो जमानामा ३ सय बढी फिल्ममा अभिनय गरेका छन् । एक समय उनलाई फिल्ममा लिएपछि निर्माताको लगानी सुरक्षित हुने पक्का जस्तै हुन्थ्यो । दर्शकहरु पनि उनका हरेक फिल्मको प्रतिक्षामा हुन्थे ।
तर, अहिले समयले कोल्टे फेरेको छ । कुनै जमाना हमालका फिल्मको प्रतिक्षा गर्ने दर्शक अहिले अनमोल केसी, प्रदीप खड्का जस्ता नयाँ छिमलका अभिनेताको फिल्म कुरेर बस्ने गरेका छन् । यद्यपि, नेपाली फिल्ममा आफ्नो करियर बनाउन चाहनेका लागि हमाल ‘आइकन’ हुन् । चलचित्रकर्मीहरु मात्र नभएर अझै पनि बच्चादेखि वृद्धसम्मका ‘फेभरेट’ अभिनेता हुन्, उनी ।
उनका फिल्म नहेरेका व्यक्ति नेपाली समाजमा भेट्न असम्भव छ । ड्यासिङ पर्सनालिटी, लामो कपाल, अग्लो कद र बोल्ड भ्वाइसले हमालले नेपाली फिल्ममा आफ्नो छुट्टै छाप बनाएका छन् । तर, हमालका भने कोही पनि ‘फेभरेट’ नेपाली अभिनेत्री र निर्देशक छैनन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।
एक टेलिभिजन कार्यक्रममा उनले आफ्नो मनपर्ने कुनै अभिनेत्री र निर्देशक नभएको बताए । तर, उनलाई आफूले अभिनय गरेका फिल्ममध्ये चाहिँ तुलसी घिमिरे निर्देशित फिल्म ‘देउता’ मनपर्दो रहेछ । उनी भन्छन्, ‘तीन दशक लामो फिल्म करिअरमा थुप्रै फिल्म गरेँ । त्यसमध्ये ‘देउता’ मनपर्छ । तर, मनपर्ने अभिनेत्री र निर्देशक चाहिँ कोही हुनुहुन्न ।’
चाँडै टेलिभिजन शो ‘को बन्छ करोडपति ?’ मा व्यस्त हुन लागेका उनी अहिले अमेरिकामा भ्रमणमा छन् । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । उक्त कार्यक्रममा उनलाई ‘महानायक’ को उपाधिबाट सम्मान गरिएको थियो । उनले फिल्म निर्देशन गर्ने चर्चा चलेको पनि धेरै भैसक्यो
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस