काठमाडाैं-पूर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीकाे यस वर्ष विवाह नहुने भएकाे छ । बिहीबार ऋचाको रिसेप्सन पार्टीमा पुगेकी उनले आफुलाई जाडो महिना मन नपर्ने भएकाले मंसिरमा विवाह नगरेको बताइन् । अभिनेता अनुप विक्रम शाहीसँग ब्रेकअप भएपछि अहिले उनी सुशान्त प्रधानको प्रेममा रमाइरहेकी छिन् ।
विवाह कहिले गर्ने तयारी छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘मलाई जाडो मन पर्दैन । त्यसैले जाडो महिनामा बिहे नगर्ने निर्णय लिएको हुँ । अहिले मलाई धेरैले विवाह कहिले गर्छौं भनेर सोधिरहेका छन् । सम्भवतः यो वर्ष हुँदैन । अर्को वर्षको बैशाख र जेठभित्र हुनसक्छ । तर, अहिले नै कुनै निश्चित भने भैसकेको छैन ।’ तर, आफू विवाहको तयारीमा भने रहेको उनले बताइन् ।
सन् २०११ मा मिस नेपाल बनेकी मलिनाले फिल्म ‘ऋतु’ बाट अभिनयमा डेब्यू गरेकी थिइन् । तर, उनको फिल्मी करिअर खासै सुखद हुन सकेको छैन । उनी अभिनीत सबै फिल्म बक्सअफिसमा नराम्रोसँग चिप्लिएका छन् । फिल्मभन्दा प्रेम सम्बन्धका कारण बढी चर्चामा रहने उनी प्रेमी सुशान्तसँग रमाएका तस्विरहरु सामाजिक सञ्जालमा प्रायः दैनिक पोस्ट्याउने गर्दछिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस