काठमाडौं । चीनको ग्वान्जोमा यही डिसेम्बर महिनाको अन्तिम साता आयोजना हुने विवाहिता महिलाहरुको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधित्व अनिला श्रेष्ठले गर्ने भएकी छन् । ईप्लानेट प्रा.लिले उनलाई ‘मिसेस् नेपाल युनिभर्स २०१९’ उपाधि सहित त्यहा पठाउन लागेको हो ।
डिसेम्बर २२ देखि जनवरी १ तारिखसम्म चीनको ग्वान्जोमा आयोजना हुने संचालन हुने ‘मिसेस् युनिभर्स २०१९’ प्रतियोगिताको ४२औं संस्करण हो । ग्राण्ड फिनाले डिसेम्बर ३० तारिखका दिन ग्वान्जो नान्सा जिम्नाजियममा आयोजना हुँदैछ । विश्वका ८० बढी मुलुकका विवाहिता महिला सुन्दरीहरुले त्यसमा सहभागीता जनाउदैछन् । हरुको सहभागिता रहनेछ ।
आफुलाई फेसन कोरियोग्राफरका रुपमा स्थापित गर्न सफल अनिला श्रेष्ठ २००५देखि प्याजेन्ट क्षेत्रमा उदाएकी थिइन् । ग्रीन आर्टस् मिडियाका कार्यक्रम निर्देशक र कोरियोग्राफर समेत रहेकी अनिला हेरिटेज प्याजेन्टस् र मिस ईको इन्टरनेसनलका लागि नेपालका नेसनल डारेक्टर समेत हुन् । एक दशक भन्दा लामो समय प्याजेन्ट क्षेत्रमा बिताइसकेकी अनिलाले थुप्रै सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफरका रुपमा काम गरिसकेकी छिन् ।
मिसेस् युनिभर्समा नेपालको यो पहिलो सहभागिता भने होइन । यस अघि ईप्लानेट प्रा.लिले २०१३ मा मिना घिमिरेल, २०१६ मा पद्मिनी झा, २०१८ मा मनिषा डंगोल पठाएका थिए । तीनै सुन्दरीले केही अवार्ड समेत नेपाल भित्र्याएका छन् ।
मिसेस् युनिभर्स २५ देखि ४५ वर्षसम्मका विवाहिता महिलाहरुमा लक्षित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिता जिम्मेवार जीवनसाथी, महिला सशक्तिकरण तथा मानव अधिकार प्रति समर्पित रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस