काठमाडाैं- कलाकारिताबाट समाजसेवामा जुटेका धुर्मुसले रङ्गशाला निर्माणमा व्यस्त रहेकै बेला ‘सेन्टी भाइरस’ चलचित्र निर्माणको पनि घोषणा गरेका छन्।
फिल्मकाे छायाङ्कन सकिएकाे छ। अहिले पोस्ट प्रोडक्सनको काम चलिरहेको छ । सम्पादनको काम भर्खरै सकिएपछि डबिङको काम भइरहेको छ । केही कलाकारले डबिङ गरे । सीताराम भने यतिबेला रङ्गशालाको काममा चितवनमै व्यस्त छन्। ।रङ्गशालाको काममा व्यस्त रहेकाले डबिङ गर्न काठमाडौं आउन पाएका छैनन् ।
चलचित्र निर्माण पनि रङ्गशाला निर्माणकै एक अंश भएको उनी बताउँछन् । चलचित्र हेर्नका लागि काटेको टिकटको केही रकम रङ्गशाला निर्माणमा लगाउने उनको सोच उनकाे छ । पोस्ट प्रोडक्सनमा रहेको चलचित्रलाई समय दिन सकिरहेका छैनन् ।थालेको काममा समय दिन नपाउँदा मनमा हुटहुटी हुँदो भएकाे उनले बताएअब धुर्मुस-सुन्तलीले आफूलाई चलचित्रमा पनि अब्बल प्रमाणित गर्नुपर्ने दबाब परेकाे छ । यो महसुस उनी स्वयंले पनि गरेका छन् । त्यसैले उनले रामबाबु गुरुङलाई निर्देशकका रूपमा लिएका छन् ।
“रङ्गशाला सिङ्गो देशको अभियान हो । सेन्टी भाइरस चलचित्र क्षेत्रको उत्थानका लागि पनि होस् र रङ्गशाला निर्माणमा सहयोग पनि होस् भनेर थालिएको हो,” उनी स्पष्ट पार्छन्, “टेलीशृंखलाको सफलतापछि हामी चलचित्रमा पनि स्थापित हुने जमर्कोमा छौं । पहिलो प्रयास पक्कै पनि राम्रो हुनुपर्छ । रङ्गशाला र चलचित्र दुवैमा खटिनुपर्नेछ । यी दुवैलाई एकैपटक व्यवस्थापन गरी लैजान भयङ्कर गाह्रो छ । तर, यी दुवै चिजले दिने एउटै सन्देश हो– हामी राष्ट्रका लागि जिम्मेवार नागरिकको दायित्व र कर्तव्य कसरी बहन गर्दै अगाडि बढ्नुपर्छ ।”
केही कलाकार धुर्मुसको टिप्पणी गर्छन्– कलाकारले कलाकारिता गर्ने हो समाजसेवा होइन । तर पनि उनको समाज सेवाको अभियान रोकिएको छैन । आफूमाथि हुने टिप्पणीलाई उनी स्वभाविक रूपमा लिन्छन् । “एउटा जिम्मेवार नागरिकको हैसियतले म सीताराम कट्टेल भएर सामाजिक काम गरिरहेको छु । धुर्मुस भएर चलचित्र निर्माण गरिरहेको छु,” उनी स्पष्ट पार्छन्, “आफ्नो क्षेत्रलाई अगाडि बढाउन सेन्टी भाइरस निर्माण गरिरहेको छु ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस