काठमाडाैं-‘परदेशी’ र ‘गोर्खा पल्टन’ फिल्मका निर्देशक नारायण रायमाझी करीब ४ वर्षपछि फिल्म निर्देशनमा फर्किँदैछन् । उनी अहिले २०७२ सालमा प्रदर्शनमा आएको फिल्म ‘परदेशी’ को सिक्वेल निर्माणको तयारीमा छन् । कथा फाइनल गरेर कलाकार छनोटमा जुटेका उनले केही दिन अगाडि प्रमुख भूमिकामा अहिलेका चर्चित लोक गायक प्रकाश सपुतलाई अनुबन्धित गराएका थिए ।
‘बोल माया’, ‘गलबन्दी’ जस्ता चर्चित गीतका गायक सपुतले यो फिल्मबाट अभिनय करिअर सुरु गर्न लागेका हुन् । बाल्यकालदेखि नै नेपाली फिल्मको हिरो बन्ने सपना बुनेका उनले थुप्रै म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । हिरो बन्ने सपना बोकेर काठमाडौं आएका सपुतको ‘परदेशी २’ बाट त्यो सपना पूरा हुँदैछ । तर, उनी फिल्म आफ्नो करिअर नभएको बताउँछन् ।
फिल्मका लागि निर्देशक रायमाझी अहिले अभिनेत्रीको खोजीमा छन् । फागुनबाट छायांकन सुरु हुने फिल्मलाई आउँदो दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ । यसको अघिल्लो श्रृंखला पनि दशैंमा नै प्रदर्शनमा आएको थियो । ‘परदेशी २’ मा प्रकाशसँगै उनका भाई देवेन्द्र बब्लुलाई पनि प्रमुख भूमिकामा अनुबन्ध गरिएको छ । देवेन्द्र गायक, सर्जक तथा थिएटर आर्टिस्ट हुन् ।
नेपालमा गायकबाट नायक बनेकाहरु धेरै छन् । रामकृष्ण ढकाल, यम बराल, यशराज, बाबु बोगटी, प्रशान्त तामाङ, सत्यराज आचार्यलगायत धेरैले आफूलाई गायकसँगै नायकको रुपमा पनि चिनाएका छन् । तर, उनीहरुलाई फिल्मभन्दा गायन पेशा नै फाप्यो । अब, लोक गीतको क्षेत्रमा आफ्नो दबदबा कायम गरेका गायक प्रकाशको फिल्म करिअर कस्तो रहला ?
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस