काठमाडाैं- नायिका केकी अधिकारीलाई फिल्म ‘छ माया छपक्कै’ को सफलतापछि भ्याइनभ्याइ भएकाे छ । हाल चर्चामा रहेको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ की निर्मात्री समेत रहेकी उनी गएको एक महिनादेखि फिल्म ‘झिँगेदाउ’ को छायांकनमा व्यस्त थिइन् । यो फिल्मका कारण उनले साइन गरेको फिल्म ‘चालबाज’ समेत छाड्नु परेको थियो ।
‘झिँगेदाउ’ को छायांकन सकिए लगत्तै अभिनेत्री केकी बिहीबार साँझ अमेरिका प्रस्थान गर्दैछिन् । जनवरी ४ तारिखमा अमेरिकाको ओहोयास्थिति एक्रोनमा हुन लागेको ‘मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको उद्घाटन कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन् । उनको अमेरिका बसाई एक महिना लामो हुने बताइएको छ ।
‘मेरो डान्स कप’ मा अभिनेत्री केकी निर्णायकको भूमिकामा छिन् । राम्रो पारिश्रमिक लिएर उनी यो रियालिटी शोमा निर्णायक बन्न लागेको जानकारी प्राप्त छ । ‘झिँगेदाउ’ पछि केकी फुर्सदिलो हुने कतिपयको अनुमान थियो । तर, यो फिल्मको छायांकन सकिए लगत्तै अमेरिका उड्न लागेकी उनलाई अझै केही समय भ्याइनभ्याइ हुने देखिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस