सागर उप्रेती- काठमाण्डौ- केहि दिन अगाडी मात्र गायिका प्रिती आले र गायक पवन रानाको आवाजमा रहेको …मायाजाल गित सार्बजनिक भएको थियो। उक्त गित बजारमा आइसकेपछि विभिन्न किसिमका टिका टिप्पणी भए। धेरै ले गीतमा प्रयोग भएका शब्दहरुप्रति असन्तुस्टी जनाएका छन्। बिशेस गरि गीतमा ‘भुत्रो’ शब्द चयन ठिक नभएको बताउदै आएका छन्। सामाजिक संजालमा भिन्न-भिन्न किसिमबाट गीतको आलोचना र समर्थन भैरहेको छ । तर अहिले भने गित युटुब ट्रेनडिंगमा रहेको छ।
थुप्रै सामाजिक संजाल प्रयोगकर्ताहरुले यो गितकों बारेमा राष्ट्रीय लोकदोहोरी प्रतिष्ठानको आधिकारिक धाराणा माग गरेका थिए। यसै गीतलाई आधार मानेर लोक दोहोरि प्रतिष्ठान माथि प्रहार हुन थाले पछि राष्ट्रीय लोक तथा दोहोरि प्रतिष्ठान नेपालका केन्द्रीय अधक्ष्य रमेश बि जी ले आफ्नो सामाजिक संजाल मार्फत जानकारी दिएका छन्।
उनले फेसबुकमा लेखेका छन् : सामाजिक संजालमा (……….मायाजाल )आएका सबै अति आवश्यक र कतिपय मौका यहि हो भन्नि सोचेर प्रतिष्ठान र नेतृत्वप्रति गरिएका अति अनावश्यक टिका टिप्पणी प्रति प्रतिष्ठानको ध्यान अत्यन्तै गम्भिर तवरले पुगेकै छ। आन्तरिक सेन्सरको कार्य प्रकृयामै रहेकोले हामीले पनि गीत बजारमै आएपछि सुनेका हौं समस्त श्रोता हजुरहरुले जस्तै ।लोक जगत र संस्थागत सहकर्मीहरुले नै आपत्ति जनाईसकेपछि निश्चित रुपमा अब भुत्रो शब्दमा घोरिन र यसको एम आर आई गरिरहन पर्ला जस्तो मलाई लाग्दैन संस्थामै आवद्व जिम्मेवार सर्वप्रिय गायिका प्रिति आलेले पनि अवश्य नैतिक जिम्मेवारी महसुस गरेर उपयुक्त निर्णय गर्नु हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं । संस्थागत निर्णयहरु भनेको लाईटर पारे जस्तो झ्याप्पै हुॅंदैनन् । सरसल्लाह र समाधानका लागि केहि समय अवश्य लाग्छ । हामीले त्यहि समय लियौ र हाम्रो संस्थागत निर्णयको नजिक पुगिसकेका छौं । निर्णय हुन्छ ढुक्क हुनुहोस् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस