काठमाडाैं-गएको २ वर्षदेखि हुन नसकेको ‘नेफ्टा फिल्म अवार्ड’ को दशौं संस्करण नेपालमै हुने भएको छ । यसअघि यो फिल्म अवार्ड विदेशमा आयोजना हुँदै आएको थियो । नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा हुन लागेको दशौं संस्करण भने काठमाडौंको मुटु टुँडिखेलमा हुन लागेको हो । सोमबार राजधानीमा एक कार्यक्रमका बीच अवार्डको बारेमा जानकारी गराइयो ।
आउँदो चैत १५ गतेलाई अवार्ड आयोजना हुने प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ अभियानलाई सघाउनका लागि ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै आयोजना गर्न लागिएको उनको भनाई छ । प्राविधिक संघले ‘ड्रिम हाई नेपाल’ सँगको सहकार्यमा अवार्ड गर्न लागेको हो । अवार्ड ३२ विधामा प्रदान गरिनेछ ।
‘ड्रिम हाई नेपाल’ का प्रमुख कमल जीसीले अवार्ड कार्यक्रममा पपुलर फिल्म, पपुलर नायक, पपुलर नायिका, जनजाती फिल्म तथा लाइफ टाइम एचिभमेन्ट अवार्ड पनि प्रदान गरिने जानकारी दिए । नेफ्टा अवार्डको ब्रान्ड र विश्वसनियतालाई मध्यनजर गर्दै सहकार्य गरेको उनले बताए । ‘नेफ्टा फिल्म अवार्ड’ लाई सभ्य र भब्य बनाउन कुनै कसर बाँकी नराख्ने उनको दाबी छ ।
अवार्डको घोषणा कार्यक्रममा अभिनेता द्वय राजेश हमाल र भुवन केसीसँगै नेपाली फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । राजेश र भुवनले नेपाली फिल्ममा प्राविधिकहरुले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै प्रशंसा गरे । त्यस्तै, प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले गरेका राम्रा कुराहरुलाई पर्दामा उतार्न फिल्मकर्मीलाई अनुरोध गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस