काठमाडाैं-अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ आउँदो माघ २४ गतेबाट प्रदर्शन हुँदैछ । फिल्ममा उनले हास्यकलाकारको भूमिका निभाएका छन् । विशाल सापकोटाको डेब्यू निर्देशन रहेको फिल्मको बुधवार सार्वजनिक भएको ट्रेलरलाई फिल्मकर्मीबाट सकारात्मक प्रतिक्रिया मिले पनि दर्शकहरुले भने हलिउड फिल्म ‘जोकर’ को नेपाली भर्सन भन्दै टिप्पणी गरेका छन् ।
यूट्युब ट्रेन्डिङको ३५औं नम्बरमा रहेको फिल्मको ट्रेलरलाई यो समाचार तयार पार्दासम्म ४ लाख २८ हजारले हेरिसकेका छन् । १८ हजार लाइक्स मिलेको ट्रेलरलाई १ हजारभन्दा बढी कमेन्ट प्राप्त छ । कमेन्ट बक्समा ट्रेलरको तारिफसँगै हलिउड फिल्म ‘जोकर’ सँग दाँजिएका कमेन्टहरु पनि धेरै छन् । प्रायःले ‘जोकर’ को कथासँग मिल्दोजुल्दो रहेको प्रतिक्रिया जनाएका छन् ।
सञ्जु तामाङ ट्रेलरको कमेन्ट बक्समा लेख्छन्, ‘विपिनको लुक्समा ‘जोकर’ को छवि देखेँ ।’ त्यस्तै, मेष बहादुर शाहीले ‘जोकर’ बाट प्रभावित भएर ‘सेल्फी किङ’ बनेको हुनसक्ने अनुमान लगाएका छन् । अर्का दर्शक रमन महर्जनले ‘जोकर’ को रिमेक लागेका कारण फिल्म हेर्न निकै उत्सुक रहेको लेखेका छन् । फिल्मलाई ‘जोकर’ को नेपाली भर्सन भन्ने दर्शकहरु पनि धेरै छन् ।
‘सेल्फी किङ’ ट्रेलरलाई उम्दा भन्ने प्रतिक्रिया पनि कम आएका छैनन् । यो फिल्मबाट अभिनेता विपिनले फेरि राष्ट्रिय अवार्ड जित्ने दाबीसँगै उनको अभिनयले मन छोएको प्रतिक्रिया कमेन्ट बक्समा बग्रेल्ती भेट्न सकिन्छ । विपिनको हुलियाका कारण धेरैले ‘जोकर’ बाट फिल्म प्रभावित भएको हुनसक्ने अनुमान काटेका छन् । तर, निर्माण टिमले यो कुरा नकार्दै आएको छ ।
दिनेश राउत र सुवास थापाले यो फिल्मको निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । प्रवल कोइराला र राजेश बिसुराल फिल्मका सह-निर्माता हुन् । फिल्ममा विपिनको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । भने, भुवन चन्द विपिनकी आमाको भूमिकामा छिन् । सुशन प्रजापतिले फिल्म खिचेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस