काठमाडौं : गायिका श्रृङखला जोशीको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘तिम्रो आवाज’ बोलको गीतको कम्पोज उदय सोताङ्गले गरेका हुन् । बिष्णु बाबु देवकोटाको शब्द रचना रहेको यसगितमा कृष्ण लिम्बुको एरेञ्ज रहेको छ ।
द भ्वाइस अफ नेपालको सिजन दुई मा सहभागी भएर चर्चामा आएकी श्रृङखलाको यो पहिलो गीत हो । यसको भिडियो राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । यसमा गायिका स्वयंले अभिनय गरेकि छिन् । साथमा उनलाई अभिनेता अजस्र ढुंगानाले साथ दिएका छन् ।
म्युजिक भिडियोको निर्देशन सुब्रत राज आचार्यले गरेका छन् । भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् । नविन निरौलाको सम्पादन रहेको गितमा नेपालकी पहिलो नायिका भुवन चन्दको पनि अभिनय देख्न सकिन्छ। श्रृङखला वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीकी छोरी हुन् । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस