काठमाडाैं-नेपाली फिल्मको उदाउँदो नक्षत्रको रुपमा हेरिएको अभिनेत्री उपासना सिंह ठकुरी पछिल्लो पटक फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ मा देखिएकी थिइन् । यो फिल्मबाट पनि उनले दर्शकको मन जितिन् । यसमा उनी सोल्टिनीको भूमिकामा थिइन् । उनलाई आफ्नो जीवन संगिनी बनाउन फिल्ममा अभिनेता त्रय दयाहाङ राई, विल्सन विक्रम राई र कर्मा शाक्यबीच ठूलै घम्साघम्सी भएको थियो ।
‘कबड्डी कबड्डी कबड्डी’ यस वर्षको ब्लकबस्टर फिल्म सावित हुँदा अहिले अभिनेत्री उपासनालाई लिएर फिल्म बनाउन चाहने निर्माताहरु थोरै छैनन् । तर, दुई फिल्मबाट गजबको फ्यान फलोइङ बनाएकी यी सुन्दरी फिल्म गर्न हतारिएकी छैनन् । ‘कबड्डी ३’ पछि उनले नयाँ फिल्म साइन गरेको जानकारी प्राप्त छैन । यद्यपि, उनलाई फिल्मको अफर भने बाक्लै पुगिरहेको छ ।
अहिलेका चल्तीका अभिनेत्रीहरुका लागि थ्रेट बनेकी उपासनाको नयाँ फिल्मको पखाईमा दर्शक छन् । तर, यस वर्ष उनले नयाँ फिल्म गर्ने सम्भावना न्यून छ । स्क्रिप्ट चित्त बुझे मात्र फिल्म गर्ने अडानमा रहेकी उनलाई अहिले ठूला ब्यानरबाट पनि फिल्मको अफर पुगिरहेको छ । उनले नयाँ फिल्म अहिलेका चल्तीका अभिनेतासँग गर्नसक्ने सम्भावना रहेको स्रोत बताउँछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस