धादिङ : मिस धादिङको उपाधि रोहन्सा श्रेष्ठ र मिसेस धादिङको उपाधि रेखा मम्बाले जितेका छन् ।मिस र मिसेस धादिङ आइडल २०२० प्रतियोगिता शनिवार सम्पन्न भएको छ । प्रतियोगिताको शनिवार भएको फाइनलबाट मिस धादिङ आइडल २०२० को उपाधि निलकण्ठ नगरपालिका वडा नम्बर ३ की रोहन्सा श्रेष्ठले हात पार्न सफल हुनुभएको छ भने मिसेस धादिङ आइडल २०२० को उपाधि नेत्रावती डबजोङ गाउपालिका वडा नम्वर ३ की रेखा मम्बाले हात पार्न सफल भएका छन् ।
प्रतियोगितामा सहभागी सबै प्रतिस्पर्धीलाई पछि पार्दै रोहान्सा श्रेष्ठले मिस धादिङ आइडल २०२० र रेखा मम्बाले मिसेस धादिङ आइडल २०२० को उपाधि जितेका हुन् । मिस धादिङ आईडल २०२० को उपाधि हात पारेकी रोहन्सा श्रेष्ठ बेस्ट कन्फीडेन्ट अवार्ड समेत पाउन सफल भएकी थिइन् भने मिसेस धादिङ आईडल २०२० को उपाधि हात पारेकी रेखा मम्बा बेस्ट पब्लीक च्वाईस अवार्ड र मोस्ट ट्यालेन्ट पाएकी थिइन् ।
यस्तै मिस धादिङ आइडल २०२० को फस्ट रनरअपको उपाधि अमिसा सिलवाल सेकेण्ड रनरअपको उपाधि अरुणा तामाङले जितेका छन् । यस्तै मिसेस धादिङ आइडल २०२० तर्फ फस्ट रनरअपको उपाधि निलकण्ठ नगरपालिकाकी सर्मिला श्रेष्ठ, सेकेण्ड रनरअपको उपाधि निलकण्ठ नगरपालिकाकै पबिता तामाङ श्रेष्ठले हात पारेका छन् । अमेजन इन्टरटेनमेण्टले मिस र मिसेस धादिङ आइडल २०२० को आयोजना गरेको हो ।
उक्त प्रतियोगितामा प्रमुख अथिति पूर्व मिस नेपाल सुगारिका केसी लोकप्रिय गायिका कुन्ती मोक्तान लगायत बरिष्ट सौन्दर्यबिद तथा रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरकि अध्यक्ष रश्मिला श्रेष्ठ अतिथिमा रहेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस