काठमाडाैं-अभिनेता रमित ढुंगाना गएको झण्डै ४ वर्षदेखि सेतो पर्दामा देखिएका छैनन् । उनी अभिनीत पछिल्लो रिलिज फिल्म ‘बुद्ध वर्न इन नेपाल’ हो । केही समय उनी यो फिल्मको च्यारिटीका लागि देश तथा विदेश दौडिए । यस वर्ष उनले ‘राजा साहेब’ नामक फिल्म साइन गरेका थिए । यसका लागि १८ लाख पारिश्रमिक लिएको खबरले उनको निकै चर्चा भयो ।
गएको साउनमा फिल्मको औपचारिक निर्माण घोषणा गरिएको थियो । फिल्ममा रमितको जोडी सोनिका केसी र आइशा राईसँग बाँधिएको थियो । तर, निर्माण घोषणा भएको झण्डै ५ महिना हुँदासम्म पनि फिल्मको छायांकन सुरु भएको छैन । फिल्म निर्माण गर्न अगाडि सरेका निर्माताले छायांकन सुरु हुने समयमा हात झिकेपछि ‘राजा साहेब’ निर्माण हुन नसकेको जानकारी प्राप्त छ ।
शंकर न्यौपाने, आकाश राई र आइशा राई कार्यकारी निर्माता र चन्द्र लामा, ज्याक शुब्बा र भिम कार्की निर्माताको रुपमा रहने फिल्मको घोषणा कार्यक्रममा जनाइएको थियो । तर, निर्माताबीच लगानीको कुरामा मनमुटाव भएपछि फिल्म छायांकनमा नजाँदै थन्कियो । बिचल किराँतीले निर्देशन गर्ने भनिएको फिल्मका लागि अहिले नयाँ निर्माताको खोजी भैरहेको स्रोत बताउँछ ।
तर, रमितको फिल्ममाथि लगानी गर्न कोही निर्माता अगाडि सरेका छैनन् । एक समय उनलाई फिल्ममा लिन निर्माताबीच हानाथाप चल्थ्यो । उनी भएपछि फिल्मले राम्रो व्यापार गर्ने विश्वास उनीहरुमा थियो । तर, अहिले उनको क्रेज कमजोर भैसकेको छ । यसकारण पनि उनको फिल्ममा लगानी गर्ने निर्माता भेटिएका छैनन् । फिल्मका लागि उनले दाह्री र कपाल समेत बढाएका थिए ।
‘राजा साहेब’ ले आफ्नो करिअर पुनः उत्कृर्षमा पुर्याउने रमितको ठूलो विश्वास थियो । तर, फिल्म निर्माण हुन नसक्दा उनी १८ लाख पारिश्रमिक बुझेको चर्चामै सीमित हुनु परेको छ । आइतबार आफ्नो जन्मदिन मनाइरहेका उनी अब आफ्नै लगानीमा फिल्म निर्माण गर्न लागेको जानकारीमा छ । उनले पृथ्वीनारायण शाहको जीवनीमा फिल्म बनाउने चर्चा चलेको पनि धेरै भैसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस