काठमाडौं । ‘किड्डी फेस अफ दि इयर २०२०’का ३२ प्रतियोगी बालबालीकाले आफू भित्र रहेको विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको प्रतियोगिताको शनिबार पुरानो बानेस्वर स्थित म्याकडोनला क्याफेमा आयोजित ‘ट्यालेन्ट शो’ अन्तर्गत उनीहरुले नृत्य, गायन, अभिनय, बत्तित्वकला, चित्रकला, योगा लगायत विषयमा आ–आफ्नो प्रतिभा देखाएका हुन् ।
प्रतियोगिताको यो पाँचौ संस्करण हो । यो संस्करणमा ७ बालक र २५ बालिका फाइनल स्पर्धामा भिड्दैछन् । उपत्यकाका विभिन्न १६ स्कुलका करिब १०० बढी प्रतियोगी सहभागी प्रारम्भिक अडिसनबाट ३२ बालबालिका छानिएका हुन् । प्रतियोगितामा बालिका तर्फ ९ देखि १२ जुनियर र १२ देखि १४ सिनियर भनेर छुट्टयाएको आयोजक रेडियन्टका प्रवन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर राज फैजुले जानकारी दिए ।
ट्यालेन्ट उपाधिका लागि आयोजित ‘ट्यालेन्ट शो’मा निलिमा मास्के श्रेष्ठ (गीतकार) गुण केसरी ताम्राकार अन्तराष्ट्रिय मेकअप आर्टिस, श्याम खड्का (रंगमञ्च कलाकार), मन्दिरा बज्राचार्य (नृत्य निर्देशक)लगायत निर्णायक रहेका थिए ।
प्रतियोगिताको अनितम स्पर्धा आगामी माघ ४ गते राष्ट्रिय नाँचघर जमलमा आयोजना हुँदैछ । स्पर्धामा बालबालिका बिभिन्न आकर्षक पहिरन सहित र्याम्प प्रस्तसत हुनेछन् । जसको पहिरन डिजाइन श्रीषा बैदार फैजुले तयार पार्नेछिन् ।
ब्यक्तित्व बिकाश, डान्स, सन्चारकला, बिभिन्न टपिसमा गू्रमिङ क्लास, क्याटवाक, सेल्फ डिभाइन लगायत दर्जन बढी बिषयमा अनुभवी प्रशिक्षकको प्रशिक्षण सहित प्रतियोगिता अन्तिम स्पर्धामा उत्रिनेछन् ।
प्रतियोगितामा शिर्ष उपाधिका अलवा बिभिन्न दर्जन उपशिर्षकमा समेत बिजेता छानिनेछ । बिजेताले उपाधिका साधमा बिभिन्न अवसर र गिफ्ट उपहारको रुपमा प्राप्त गर्नेछन् । बालबालिकाको ब्यक्तित्व बिकाश, क्षेमता अभिबृद्धी गर्दै उज्वल भबिश्य निर्माणका लागि उनीहरुलाई सक्षम बनाउने उदेश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस