काठमाडाैं-चपली हाइट २’ बाट डेब्यू गर्दैगर्दा अभिनेता आयुष्मान देशराज जोशीको निकै चर्चा भएको थियो । कतिपयले अहिलेका चल्तीका अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कालाई उनी थ्रेट हुनसक्ने निष्कर्ष पनि निकालेका थिए । तर, डेब्यू फिल्म नचल्नु र त्यसपछि फिल्म छनोटमा गम्भीर नहुँदा उनको छोटो समयमै करिअर धरमरायो । अझै उनको करिअर सम्हालिन सकेको छैन ।
फिल्ममा प्रवेश गर्दा आशलाग्दा अनुहारको रुपमा हेरिएको आयुष्मानप्रति आजभोली दर्शकमा समेत कुनै चासो छैन । न उनका फिल्म रिलिज हुँदा नै दर्शकमा उत्साह रहन्छ । यो हुनुमा कतिपयले अभिनेत्री प्रियंका कार्कीसँगको प्रेम सम्बन्धलाई पनि मानेका छन् । प्रियंकासँगको खुल्लम खुल्ला प्रेम सम्बन्धले उनको पालुवा हाल्दै गरेको फिल्म करिअरलाई ध्वस्त बनाएको बताइन्छ ।
आयुष्मान पछिल्लो पटक फिल्म ‘सानो मन’ मा देखिएका थिए । यो फिल्म असार अन्तिममा प्रदर्शनमा आएको थियो । यसपछि उनको न नयाँ फिल्म प्रदर्शनमा आएको छ न त नयाँ फिल्ममा अनुबन्ध भएको खबर नै बाहिरिएको छ । अहिले उनी फिल्मविहीन भएको चर्चा फिल्मवृतमा छ । हातमा फिल्म नहुँदा अहिले उनी प्रेमिका प्रियंकासँग म्यूजिक भिडियोमा काम गरिरहेका छन् ।
डेब्यू फिल्मदेखि नै अभिनयको वाहवाही बटुल्दै आएका आयुष्मानले ‘सानो मन’ मा उम्दा प्रस्तुति दिएका थिए । तर, अभिनय राम्रो हुँदा-हुँदै पनि क्रेज कमजोर भएका कारण उनलाई फिल्ममा लिएर जोखिम उठाउने पक्षमा निर्माता देखिएका छैनन् । एकातिर प्रियंकासँग दुई पटक इन्गेजमेन्ट भएर पनि बिहे हुन सकेको छैन । अर्कोतिर हातमा फिल्म छैन । आयुष्मानलाई पनि तनाव छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस