काठमाडौं- विमानस्थलमा ड्युटीमा रहेका प्रहरीसँग ‘मुख’ छोडेकी आस्था राउत ले रुदै माफीकी छन्।
आज दिउँसो फेसबुक लाइभमा रोएकी राउतले एयरपोर्टमा आफूमाथि महिला प्रहरीले दुर्व्यवहार गरेको दाबी गरेकी छन्। प्रहरीले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा राउतले आफ्नो घमण्ड प्रहरीमाथि देखाएको देखिन्छ।
ड्युटीमा रहेका प्रहरीमाथि उनले प्रयोग गरेको भाषाशैलीलाई लिएर चर्को आलोचना भएको हो। आफ्नो चित्त दुःखेको भन्दै उनी लाइभमा रोएकी हुन्। उक्त भिडियोमा उनले ड्युटीमा रहेकी प्रहरीमाथि ‘डन्ठीनी’, ‘प्युसिनी’लगायत अपशब्द प्रयोग गरेकी थिइन् ।
सीसीटीभी भिडियो फुटेज प्रहरीले बाहिर ल्याएपछि शुक्रबार आस्था फेसबुक लाइभमा आएकी हुन्। फेसबुक लाइभमा उनले विमानस्थल घटनाबारे स्पष्टिकरण दिएकी हुन्। उनले आफूले आक्रोशित हुँदा बोलेका शब्दप्रति माफीसमेत मागेकी छन्।
‘मैले दुई चार शब्द बोल्न हुन्थेन। त्यसको लागि माफी चाहन्छु’, उनले भनेकी छन्, ‘तर, ममाथि दुर्व्यवहार भएकै हो।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस