विराटनगर– लोकप्रिय पप गायक अनिल सिंहले बिराटनगरमा आयोजित ‘विराट सडक महोत्सव–२०७६’ लाई संगीतमय बनाएका छन् ।
बिराटनगरको महेन्द्रचौक (हिमालय रोड) मा आयोजित सडक महोत्सवको पहिलो दिनको कार्यक्रममा गायक सिंहले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेर उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
भाइरल इभेन्ट्सले आयोजना गरेको उक्त सांगीतिक कार्यक्रममा गायक सिंहले आफ्ना एक दर्जनभन्दा बढि लोकप्रिय गीत–संगीत प्रस्तुत गरेका थिए ।
‘आँखाले देखुञ्जेलसम्म दर्शकको उपस्थितिले म भावुक बनें, बिराटनगरको कार्यक्रमपछि गायक सिंहको प्रतिक्रिया थियो— ‘करिव १४ वर्ष विराटनगरमा यसरी प्रस्तुत हुँदा दर्शकहरुबाट पाएको अपार माया र सद्भाव म कहिले भुल्ने छैन ।’
कार्यक्रममा गायक सिंहले आफ्ना लोकप्रिय गीतहरु प्रेमपत्र, आई लभ यू, सक्छौ भने विष देउ, डुब्न देउ मलाई, इन्जिन गाडीमा, मैले जानि सकें, कुर्नु कुराउनु, परी आदि प्रस्तुत गरेका थिए ।
माघे संक्रान्तिको दिनदेखि प्रारम्भ भएको चार दिने बिराट सडक महोत्सव शनिवारसम्म सञ्चालन हुने छ । सडक महोत्सवमा खाना, संगीत र संस्कृतिलाई मुख्य प्राथमिकता दिइएको आयोजक संस्थाले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस