सर्लाही : बरिष्ट गायक जेबी टुहुरेले सर्लाहीको हरिवनमा अभिनन्दित भएका छन् । उनले त्यहाँ आफ्ना कालजायी गीत मार्फत दर्शकको मन जितेका छन् । हरिवन–५ घुर्कैली स्थित श्रवण द्वन्द पीडित बालगृहमा आयोजित जेवी टुहुरे एकल गायनको चौथो सृँखलामा गायक टुहुरेले आफ्ना गीतहरु सुनाएका हुन् । द्वन्द पीडित बालगृहको सहयोगार्थ तथा नेपाल भ्रमण वर्ष २०२० को प्रवर्धनका लागि जेवी टुहुरेको यो एकल मा गायनमा यी गायकले आमा माया… बोलको गीतबाट कार्यक्रम सुरु गरेका थिए । प्रगतिवादी सांस्कृतिक अभियानमा २०२४ सालदेखि आफुले गाउँदै आइएका चर्चित गीतहरु टुहुरेले सो कार्यक्रममा गाएका हुन् । उनले बसाई हिड्नेको तातीले…, दुस्खको बोझ विसाउन…, पानी चल्दैन रे…, बरु मेरो छाती छेड्ला… लगायतका गीतहरु सुनाए । उनले आमा दिदी बहिनी हो…गीत सुनाउँदा दर्शक नाचेका थिए । गीतलाई दोहोर्याएर गाउन अनुरोध समेत गरिएको थियो । सो क्रममा उनले आफ्ना १४ वटा गीतमार्फत सँगीतप्रेमीहरुको मन जिते ।
कार्यक्रमका प्रमुख अतिथि नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि टुहुरेका गीतमा रमेका थिए । सो क्रममा पूर्वप्रधानमन्त्री नेपालले हरिवन नगरपालिकाको तर्फबाट अग्रज गायक जेबी टुहुरेलाई अभिनन्दन गरे । सो अभिनन्दनले आफुलाई गायनमा निरन्तर अघि बढ्न अझ प्रेरणा मिलेको अग्रज गायक टुहुरेले बताए ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ६ दशक लामो जेवी टुहुरेको प्रगतिवादी साङ्गितिक क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गरे । उनले गीतले जहिले पनि श्रोता दर्शकमा उर्जा थप्ने गरेको नेपालले बताए । चेतना सन्देश नेपालको आयोजनामा सम्पन्न सो एकल गायनको सँयोजन सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापालगायतले गरेका थिए ।
टुहुरेलाई एकल गायनमा प्राज्ञ उदय श्रेष्ठ, सँसाद मधु गुरुङ, कलाकार आकाश थापा र गंगा राईले पनि साथ दिए । सो कार्यक्रममा प्रत्यक्ष बाद्यबादनतर्फ क्याक्सोेफोन वादक मनोहर सुनाम, वेस गीतारमा अनुप दास, तवलामा भरत बुढाथोकी, ढोलकमा राम सुस्लिङ, मादलमा पोषण घर्ती, बाँसुरीमा गोपालदेव घतानी, किवोर्डमा राहुल भुजेल, अक्टोप्याडमा शशिभुषण भट्टराई र गीतारमा दिवस श्रेष्ठ थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस