काठमाडौं । गीतकार सुनिता बस्नेतको गीतमार्फत् संगीतकारको परिचयमा बजारमा परिचित रहेका सुनिल मास्के २७ वर्षपछि गायनमा फर्किएका छन् । गीतकार सुनिता बस्नेत थापाको गीतिसंग्रह ‘सुरबी’ मार्फत २७ वर्षपछि सुनिल मास्के गायनमा फर्किएका हुन् । गीतकार संघ नेपालका अध्यक्ष चूडामणी देवकोटाको प्रमुख आतिथ्यता एवं डा. कृष्णहरी बराल, डा.राजुबाबु श्रेष्ठ, राजनविक्रम थापा लगायतको विशेष आतिथ्यतामा सुनिता बस्नेतद्वारा रचित एल्बम सुरबी र कवितासंग्रह विम्ब सार्वजनिक गरिएको थियो ।
सुरुवातमा बाँसुरी बजाएर साथीभाइ सर्कलमा प्यारो बनेका सुनिल मास्केले २७ वर्षअघि गीत गाएर एल्बम नै बजारमा ल्याएका थिए । त्यसपछि निरन्तर संगीतमा लागेका मास्केले ५० को दशकपछि कुमार कान्छाको स्वरमा रहेको ‘मैले रोजेको साइली तिमीलाई’ गीत बजारमा ल्याएका थिए । त्यसपछि बेला बेलामा आफ्ना संगीतहरु बजारमा छाड्दै आएका मास्केले ०६८ सालमा सुनिभा एल्बम बजारमा ल्याएपछि निरन्तर आफ्नो एकल संगीतमा ९ वटा एल्बम बजारमा ल्याइसकेका छन् । आज सार्वजनिक भएको एल्बम ‘सुरबी’ संगीतकार मास्केको नवौं एकल संगीत भएको एल्बम हो ।
कवि सुनिता बस्नेत थापाद्वारा लिखित कवितासंग्रहमा ९२ वटा कविता रहेका छन् । रत्नपुस्तक भण्डारबाट बजारमा आएको उक्त विम्ब कवितासंग्रहभित्र कविले कविता, गजल, मुक्त र हाइकूलाई एकै पुस्तकभित्र समावेश गरेकी छन् । त्यस्तै शुभकामना मिडिया सोलुशनद्वारा बजारमा आएको गीतिसंग्रह सुरबीमा मास्केकै एकल संगीत र प्रदीप श्रेष्ठको एकल संगीत संयोजन रहेको छ । एल्बममा सुनिल मास्के, शिव परियार, विश्व नेपाली, वानिका प्रधान, मेलिना राई र अस्मिता अधिकारीको स्वर रहेको छ । एल्बममा रहेका गीतको मिक्सिङ तथा मास्टरिङ भने किशोर थापाले गरेका हुन् ।
कार्यक्रममा कवि, गीतकार एवं कथाकार डा.राजुबाबु श्रेष्ठले कवि तथा गीतकार सुनिता बस्नेतले पहिलोपटक आफूलाई साहित्यमा उभ्याए पनि उनका सिर्जनाभित्र नेपाली माटो, आफ्नै पाखा पखेरा, आमाबुबा, साथीभाइको यादले सताइरहेको अनुभूति भएको बताए । डा.श्रेष्ठले अमेरिका गएपछि आफ्नोपनको खोजी भएको हुँदा सिर्जनाले अभिव्यक्त गर्ने माध्यमका रुपमा कवितासंग्रह विम्ब र गीतिसंग्रह सुरबी आएको बताए ।
त्यसैगरी वरिष्ठ गीतकार तथा गजलकार डा. कृष्णहरी बरालले कवि तथा गीतकार सुनिता बस्नेतको लेखाइभित्र आफ्नैपनको विम्ब भेटिएको बताए । जन्मिएको भूगोलतिर समर्पित हुँदै लेखिकाले गीत र कविताको सिर्जना गरेको हुँदा निरन्तर यसरी नै लेखिरहनका लागि सबैले उर्जा थप्नुपर्ने बताए ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि गीतकार संघ नेपालका अध्यक्ष चूडामणी देवकोटाले गीतकार सुनिता बस्नेतको कृतिहरुको सफलताको शुभकामना दिँदै सिर्जनामा निरन्तरता दिन आग्रह गरे । उनले माटो र मुटुकै कथाभित्र सुनिता बस्नेत पनि अगाडि बढ्नुभएको बताउँदै डायस्पोरिक व्यक्तित्वहरुबाट नै नेपाली संगीत तथा साहित्यको क्षेत्र मजबुत बन्दै गएको बताए ।
कार्यक्रममा सुनिता बस्नेत थापाले उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तव्यद्वारा आफ्ना भावना व्यक्त गरेकी थिइन् भने कवि तथा गीतकार राजनविक्रम थापाले सुनिताको विम्ब कवितासंग्रहबाट एउटा कविता वाचन गरेका थिए । कार्यक्रममा साहित्यकार पद्यमावती सिंह र हिरण्य कुमारी पाठकले समेत शुभकामना दिएका थिए । कार्यक्रममा सुनिल मास्के र मेलिना राईको स्वरमा रहेको तिमीलाई भेट्न बोलको गीतको म्यूजिक भिडियो पनि देखाइएको थियो । भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् भने निराजन प्रधान र जेबिका कार्कीको अभिनय रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस