आजकल प्राय युवा युवती हरु कोरियन चलचित्र भनेपछि हुरुक्कै हुन्छन् । विटिएस के पप संगित होस् या विभिन्न कोरियाली चलचित्र नै किन नहुन् हरेकको आँखा तान्न सक्षम छन् ।
कोरियन चलचित्रको प्रभाव खाली हेर्न मात्र छैन बरु चलचित्रमा प्रयोग गरिएका भेषभुषा, कपडा आदी हाम्रा फेसनकै रुपमा अगाडी आउन थालिसकेका छन् । आखिर किन यति प्रसिद्ध छन् त कोरियन चलचित्रहरु ? आउनुस् जानौ रोचक तथ्यहरु
१. हेरिरहन मन लाग्ने अभिनेता तथा अभिनेत्रीहरु
कोरियन चलचित्रहरुमा प्राय अत्यन्त सुन्दर अनुहारहरुलाई प्रमुख भुमिकामा राखिने गरिएको छ, जसका कारण मानिसहरु कोरियन चलचित्र हेर्न लालायीत हुने गर्दछन् । ली मीन हो, नाम जो ह्युक, सोङ जुङ की लगायतका अभिनेता हुन् या ली सुङ क्युङ, पार्क सिन ह्ये जस्ता अभिनेत्री नै किन नहुन् । दर्शकका आँखामा उनीहरु यति सजिलै बस्छन् की एक पटक हेरेपछि पुनः हेरिरहन मनलाग्छ ।
२. कोरियन चलचित्रमा रहेका किलिङ फ्याक्टर
कोरियन चलचित्रहरु अन्य एसियन तथा पश्चिमि चलचित्रहरु भन्दा पृथक हुन्छन् । कोरियन चलचित्रमा देखाइने माया तथा रोमान्स भित्र हरेकले आफू तथा आफ्नो प्रिय मान्छे भेट्दछन् । अझ रमाइलो त यि चलचित्रहरुमा देखाइने चुम्बनका दृश्यहरु हुन् जो पश्चिमा चलचित्रहरुमा भन्दा यथार्थपरक तरिकाले प्रस्तुत गरिएको हुन्छ ।
३. कोरियन चलचित्रको फर्म्याट
कोरियन चलचित्रहरु अन्य चलचित्रहरु भन्दा पृथक यस कारण छन् की यीनिहरु अन्य चलचित्रहरु जस्तो लामो हुदैनन् र धाराबायिक पनि हुदैनन् । दर्शकलाई छोटो समयमा धेरै विषयबस्तु पस्कन सक्ने क्षमताका कारण कोरियन चलचित्रहरु धेरै लोकप्रिय रहेका छन् ।
४. कोरियन संस्कृतिको सहज अध्ययन
कोरियन चलचित्रहरुमा कोरियन संस्कार र संस्कृतिको सहज र पूर्ण जानकारी पाइन्छ । यस अर्थमा कोरिया जान्न चाहाने मानिसहरुको रोजाइमा कोरियन चलचित्र पर्ने गर्दछन् ।
५. क्युट मोमेन्ट्सहरु
कोरियाली रोमान्स चलचित्रहरुमा छोटो समयमा देखाइने क्युट क्षणहरुले दर्शको आँखा छिट्टै तान्दछन् । उनीहरुको अभिनय भित्र दर्शकले आफूलाई समाहित गर्न सक्नु कोरिया चलचित्रको खुबी हो ।
६. सुन्दर साउण्ड इफेक्ट्स्
कुनै पनि चलचित्रलाई स्तरीय बनाउन साउण्डको ठूलो भुमिका रहन्छ ।कोरियन चलचित्रमा प्रयोग गरिने गरिएका साउण्ड इफेक्ट्सहरु चलचित्रलाई थप आकर्षक बनाउने तत्व हुन् जुन अन्य देशका चलचित्रहरु भन्दा पृथक छन् ।
७. हरेकका लागि केही सामाग्री
कोरियन चलचित्रहरुमा हरेक तह तप्का तथा बर्गका मानिसको जीवनमा मेल खाने विषयवस्तु राखिएका हुन्छन् । अर्थात कोरियन चलचित्रहरु प्राय यथार्थ परक हुन्छन् । यसै कारण कोरियन चलचित्रहरु मानिसको रोजाइमा पर्दछन् ।
८. भाषा सिक्ने सहज माध्यम
कोरियन चलचित्रमा तपाइले चलचित्र मात्र हेर्नुहुन्न तपाई सवटाइटल सँगसँगै कोरियन भाषा पनि सिक्दै जानुहुन्छ । यसरि मनोरञ्जन सँगै हुने सिकाई कोरियन चलचित्र प्रति तपाइको आकर्षणको केन्द्र हुन् ।
९. उपलब्धता
कोरियन चलचित्रहरु सहज रुपमा इन्टरनेटमा उपलब्ध हुन्छन् । सिरिज चलचित्रहरु प्नि सहजै पाइने कारणले कोरियन चलचित्रको क्रेज ह्वात्तै बढेको हो ।
१०. सन्देश बोकेका हुन्छन् कोरियाली चलचित्र
कोरियन चलचित्रहरु कुनै न कुनै प्रकारका सन्देश पाइन्छन् । यी चलचित्रहरुले दिने सन्देशका कारण आजकलका मानिसहरुको रोजाइमा कोरियन चलचित्र पर्ने गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस