काठमाडौँ । राजु गिरि प्रोडक्सन प्रालि र सिक्किम फिल्म्सको संयुक्त प्रस्तुतीमा चलचित्र ‘किर्ति‘ को मंगलबार राजधानीमा एक कार्यक्रमका बीच शुभ मुहूर्त सम्पन्न भयो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न शुभ मुहूर्त कार्यक्रममा बरिष्ट सौन्दर्यबिद सिता पाठक, ईभेण्ट अर्ग्नाइजर गोमा धिताल, नेपाल चलचित्र कलाकार संघका सदस्यहरु रामेश्वर बुर्लाकोटी, धर्मेन्द्र आचार्य, जिबन थापा, कलाकार सुदर्शन आचार्य लगायतका अतिथिहरु रहेका थिए ।
उक्त चलचित्रका नायक रोशन बिशुंके, कलाकार सबिन बास्तोला, कलाकार सावित्रा चिलुवाल लगायतका कलाकारले मुहूर्त सर्ट दिएको कार्यक्रममा प्रमुख अतिथि रबिन्द्र खड्काले क्ल्याप दिएर शुभ मुहूर्त सम्पन्न गरेका थिए ।
चाडैनै दार्जीलिङ र सिक्किममा छायाँकन थालिने चलचित्र ‘किर्ति‘ मा नायक रोशन बिशुंके, नायक कमल शर्मा, नायिका करिश्मा क्षेत्रि, कलाकारहरु सबिन बास्तोला, सावित्रा चिलुवाल, दावा गुरुङ, सारदा गिरि(काली बुढि) छनौट भएका र अन्य कलाकारहरु सिक्किम बाटनै अडिसन मार्फत छानिने निर्माता दावा गुरुङले बताए ।
चलचित्र ‘किर्ति ‘का प्रस्तुतकर्ता नबिन पाख्रिन हुन भने निर्देशक राजु गिरि, निर्माता दावा गुरुङ, संगीत नबिन पाख्रिन, छायांकन रामेश्वर हुँमागाई र कोरियोग्राफर रामजी लामिछाने रहेका छन् । एक करोड भन्दा बेसीको लगानीमा निर्माण गर्न लागिएको चलचित्र “किर्ति” को सम्पूर्ण छयांकन सिक्किम र दार्जीलिङमा गरिने कुरा निर्माता दावा गुरुङ बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस