काठमाडौँ : गायक गम्बु शेर्पाले नयाँ गीत ‘वेलकम माई हार्ट’ सार्बजनिक गरेका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पत्रकारहरुका सामु आफ्नो नयाँ गीत ‘वेलकम माइ हार्ट’ भिडियो सार्वजनिक गरेका थिए । आशुसेन लामाको शब्द तथा संगीतमा तयार भएको उक्त गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । गायक गम्बु शेर्र्पाको स्वर रहेको यस गीतमा प्रकाश लामा र आशुसेन लामाको सहगायन रहेको छ ।
प्रदीप लामाको निर्देशन रहेको ‘वेलकम माइ हार्ट’मा कलाकारहरु प्रदीप लामा, अलिशा शर्मा, सरिता तामाङ,मन्जु तामाङ, श्रीजन रावल र अंकुश शाही रहेका छन् । त्यस्तै भिडियो सम्पादन पवन सुस्लिङ्गको रहेको छ भने प्रदीप लामाको कोरियोग्राफ रहेको छ । सहायक कोरियोग्राफर श्रीजन रावल रहेका छन् ।
बिगत २५ बर्षदेखि गायन पेशालाइ अंगाल्दै आएका गम्बु शेर्पा एक राम्रो मनकारी समाजसेवीका रुपमा परिचित छन् । गायक गम्बु शेर्पाले अहिलेसम्म १३ वटा एल्बम बजारमा ल्याइसकेका छन् भने २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।
ओखलढुङ्गा जिल्लामा जन्मेका गायक तथा समाजसेवी गम्बु शेर्पा बिगत १७ बर्ष देखि अमेरिकामा बस्दै आएका छन भने उनि फुड क्लोथ एजुकेशन डट ओ।आर।जी, थ्री जी साउण्ड इन्कका प्रेसिडेन्ट साथै नेपाल अमेरिकन आर्टिस्ट एसोसियसनका पूर्व प्रेसिडेन्ट सम्म रहेका छन । उनले बिगत लामो समयदेखि दिनदुःखी, अनाथ अपाङ्ग देखि कलाकारहरुलाई पनि सहयोग गर्दै आएका छन् । उनले आफ्नो कमाईको केहि प्रतिशत समाजसेवाको लागि भनेर समेत छुट्टयाउने गरेका छन् र उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि लगानी गर्दै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस