काठमाडौं-नेपालको आदिबासी जनजाति चलचित्रको प्रबर्धन गर्ने उदेश्यका आयोजना गरिएको ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम थाईलाण्डमा सम्पन्न भएको छ ।
नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि बिश्वकै एक आकर्षक पर्यटकिय गन्तब्य रहेको मुलुक थाईलाण्डमा हुकुम मल्टिमिडिया प्रा.लि ले अवार्ड कार्यक्रमकोे आयोजना गरेको थियो ।
द सिसन होटल पटैयामा सम्पन्न अवार्ड कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुबारले नेपालको मौलिकपन आदिबासी जनजाति चलचित्रमा रहेको हुदाँ देश बिदेशमा आदिबासी जनजाति चलचित्रलाई प्रबद्र्धन गर्ने यस्ता प्रकृतीको कार्यक्रमहरु आयोजना हुनु आबश्यक रहेको बताएका थिए । साथै आदिबासी जनजाति चलचित्रले नेपालको पर्यटन प्रबर्धनमा बिशेष योगदान पुर्याउने बिश्वास व्यक्त गरेका थिए।
हुकुम मल्टिमिडिया प्रा।लिको अध्यक्ष डि. बि.बम्जनको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, युरो एसिया ग्योबलको प्रबन्ध निर्देशक सुमन अधिकारी, आदिबासी जनजाति चलचित्र महासंघका महासचिब पुर्खाजित राई लगाएत बिभिन्न क्षेत्रका व्यक्तित्वहरु र चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो ।
ज्योतिराज राई, पुस्कर लामा र छुल्ठिम गुरुङ रहेको निर्णायक समिति बाट छनौट गरिएको उत्कृष्ट चलचित्र खै ओ मिथेबा, उत्कृष्ट निर्देशक चलचित्र भेडी गोठाले बाट गणेश गरुङ ९सुबास०, उत्कृष्ट अभिनेता चलचित्र देन्बा माया बाट अमिर दोङ, उत्कृष्ट अभिनेत्री चलचित्र छार ग्यालाम बाट सुनिता लुम्बा, उत्कृष्ट खलपात्र चलचित्र ल्हुइ ह्रो बाट ध्रुब सिंह तामाङ, उत्कृट नब अभिनेता चलचित्र मोङा डोङा २ बाट यमन माझी, उत्कृष्ट नब अभिनेत्री चलचित्र यारी बाट ज्योती राई, सह अभिनेता चलचित्र घ्रान बाट राम घिसिङ, उत्कृष्ट सह अभिनेत्री चलचित्र ल्हुई ह्रो बाट सन्च कुमारी तामाङ, उत्कृष्ट नब निर्देशक चलचित्र मारक्यु बाट दिनेश गुरुङ, उत्कृष्ट सम्पादन चलचित्र निप्हुगाल बाट सर्बमान शाक्य, उत्कृष्ट लेखन चलचित्र कर्मक्या बाट शंकर गुरुङ ९बतासे० उत्कृष्ट छाँयाङ्कन चलचित्र स्वयनगुः बाट लुःजः सिं, उत्कृष्ट द्धन्द निर्देशक चलचित्र बज्र बाट सुरज श्रेष्ठ, उत्कृष्ट पार्श संगित चलचित्र म्ये क्यु बाट शिब सुनुवार मुखिया र उत्कृष्ट बाल कलाकार चलचित्र क्युई बाट कुङगा छ्योइङ स्याङतान तामाङ लाई अवार्ड प्रदान गरिएको थियो । साथै बेष्ट पपुलर अभिनेता सबिन श्रेष्ठ र नव प्रतिभा पुरुस्कार रिया गुरुङलाई प्रदान गरिएको छ ।
चलचित्र बिकास बोर्ड र आदिबासी जनजाति चलचित्र महासंघको सहकार्य रहेको कार्यक्रमलाई मरिण गाँउपालिका सिन्धुली, राईडर सेवा प्रा. लिको सहयोग रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस