काठमाडौं । अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस्’को नयाँ संस्करण सुरु भएको छ । आयोजक इप्लानेट प्रा.लिले मंगलबार एक बिज्ञाप्ती जारी गर्दै ‘हेरिटेज पेजेन्टस २०२०’को आवेदन खुल्ला भएको जनाएको हो ।
सौन्दर्य प्रतियोगिता मार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको हो । प्रतियोगिताका सहभागी र विजेताको दायित्व, कर्तब्य सम्बन्धित मुलकका साथै विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ ।
यस पटकको ‘हेरिटेज् पेजेन्टस् २०२०’ अन्तर्गत मिस हेरिटेज इन्टरनसनल र मिसेस् हेरिटेज इन्टरनेसनल २०२० को दुई उपाधि लागि प्रतिस्पर्धा हुनेछ । नेपाल लगायत विश्वका ४० मुलुकका पचास प्रतिस्पर्धीहरुको सहभागीता रहेने प्रतियोगीतामा यो बर्ष मलेसियामा आउँदो अप्रिल ११ देखि २० अप्रिलसम्म आयोजना हुनेछ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा १८ अप्रिलमा एक भब्य समारोहका बिच आयोजना हुनेछ ।
प्रतियोगितामा सहभागीका लागि मिस तर्फ १८ देखि २७ र मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर हद तोकिएको आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताए । सिंगापुरका सुसान कोहको संयोजन रहने प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी एवं इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहने छन्, भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको पनि प्रतियोगिताको कोरियोग्राफी रहने आयोजले जनाएको छ ।
सौन्दर्य प्रतियोगिताको आयोजना एवं व्यवस्थापनमा आफ्नो छुट्टै पहिचान बनाएर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा समेत आफ्नो उपस्थिति जनाउन सफल ईप्लानेट प्रा.लिले ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ‘मिस हेरिटेज इन्टरनेसल’ २०१४मा थालनी गरेको थियो । ‘हेरिटेज् पेजेन्टस् २०२०’ त्यस्को निरन्तरता हो ।
नेपाल लगायत भारत, बंगलादेश, थाइल्याण्ड, म्यानमार, सिंगापुर, सियरालियन, जिम्बावे, जाम्बिया, उगाण्डा, रसिया र बेलारुस गरी १२ राष्ट्रका सुन्दरीहरुको सहभागिताबाट सुरु भएको यो प्रतियोगिताको अधिल्लो श्रृखलामा ४० देशको सहभागीता रहेको थियो ।
‘मिस हेरिटेज इन्टरनेशनल’को पहिलो संस्करण नेपालमा, दोस्रो भारतको नयाँदिल्ली, तेस्रो श्रीलंकामा, चौथौं र पाँचौ सिंगापुरमा सम्पन्न भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस