काठमाडौँ : फित्को र नेपाली साङ्गीतिक संघको विशेष पहलमा चार हजार धरौटीमा आस्था राउतको रिहा भएकी छिन । विमानस्थलमा प्रहरी संगको भनाभन पछि गायिका आस्था राउतले पोखेको अभिव्यक्तिलाई लिएर हाल उनलाई हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । सोही अनुरुप आस्थाले सोमबार बिहान आत्मासमर्पण गरेकी थिईन ।
प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने आस्थाले बताएकी आस्था ४ हजार धरौटीमा हिरासतमुक्त भएकी छिन् । फेरी पनि केहि सहयोग गर्नु परे आफु तयार भएको आस्थाले बताएकी छिन् । हिरासतमुक्त भएपछी सी.डी.ओ कार्यालयमा पत्रकार संग कुरा गर्दै प्रहरी आफुले सोचेको भन्दा धेरै सहयोगी भएको बताईन । उनले प्रहरीको खुलेर तारिफ गरिन् ।
उनले भनिन् ‘सबै भन्दा ठुलो कानुन हो । पत्रकार, कलाकार, नेता, जनता जो सुकैले पनि कानुनलाई मान्नु पर्छ । मैले बोलेका दुइ चार ओटा सब्दहरु गलत थिए त्यसका लागि मैले क्षमा याचना गरिसकेको छु ।’ मिडियाले राखेको हेडलाईन पढ्दा निकै चित्त दुखेको भन्दै आस्थाले मिडियाकर्मीलाई नैतिकता सिरमा राखेर काम गर्न आग्रह समेत गरिन् ।
उक्त वरिष्ठ सङितकर्मी बुलु मुकारुङ, फित्कोअध्यक्ष सुचित्रा श्रेष्ठ, महासचिव पिके शेर्पा, साङितिक संघको अध्यक्ष मिलन मोक्तान, महासचिव सन्तोष श्रेष्ठ, कोषाध्यक्ष बिमल श्रेष्ठ, गायक धिरज राई, कानुनबिद अधिबक्ता रमेश कोइराला, आस्थाका बुवा हरिबहादुर राउत सहितको समूहले विशेष पहल पश्चात उनलाई धरौटीमा रिहा गरिएको थियो । फागुन १४ उपस्थित हुने गरी तारिकमा छुटेकि हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस