काठमाडौं : अभिनेत्री परमिता आर.एल.राणा अभिनित फिल्म यही शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिदै गर्दा फिल्मको मंगलबार च्यारेटी शो गरिएको छ । नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ आयोजित च्यारेटी शोमा धेरैले फिल्म र अभिनेत्री परमिता आर.एल. राणाको अभिनय मनपरेको प्रतिक्रिया दिए ।
देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्म जयराज रायले निर्माण गरेका हुन् । कलाकार संघले आर्थीक सहयोग जुटाउन खोजिरहेको थाहा पाएपछि आफुले फिल्मको च्यारिटी गर्न दिएको निर्माता रायले बताए । उनले भने ‘कलाकार संघलाई फिल्म मार्फत सहयोग गर्न पाउनु निकै गर्वको कुरा हो ।’
कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले च्यारिटीको लागि हलमा रिलिज नहुँदै ‘दि कर्मा’ दिएर निर्माण युनिटले ठुलो सहयोग गरेको बताए । ‘च्यारिटीलाई फिल्म निशुल्क दिने निर्माता पनि भेटिने रहेछ’ खड्काले थपे ‘यो सहयोग कलाकारसंघले कहिल्यै बिर्सने छैन ।’शोमा कलाकार तथा निर्माण युनिटका उपस्थिति रहेको थियो ।
जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘दि कर्मा’को कथा निर्माता जयराज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको फिल्ममा शारदा खड्का अर्याल सहनिर्माताको रुपमा रहेकी छन् । फिल्ममा परमिताको अलवा बुद्धी तामाङ, करण वर्मा, नीता ढुंगाना, बुद्दी तामांग, संगीता नापित, अनुप सक्सेना लगायतको अभिनय रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस