काठमाडौँ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रि योगेश भट्टराईले ताप्लेजुङका कलाकारहरुका लागि तीन लाखको अक्षय कोष घोषणा गरेका छन्। काठमाडौंमा आज ताप्लेजुङ सरोकार केन्द्रले गरेको ताप्लेजुङ साँझ कार्यक्रममा मन्त्रि भट्टराईले उक्त रकम पत्रकार महासंघ ताप्लेजुङले जतिबेला अक्षय कोषको रुप धारणा गर्छ सोहि बेला महासंघलाई समर्पित गर्ने घोषण गरेका छन्।
सांस्कृतिक र सांगीतिक प्रर्वद्धनसँगै पर्यटन वर्ष २०२० लाई समेत मध्यनजर गरेर आयोजना गरिएको कार्यक्रममा चर्चित गायक राजेशपायल राई, चर्चित हाँस्य कलाकार मनोज गजुरेल, मेलिना राई, झुमा लिम्बू, कुसल थलङ, कञ्चन थलङ, पदम राई, मोहन मादेन, विरेन्द्र श्रेष्ठ, तारा थेवे लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए।
कार्यक्रमले ताप्लेजुङका कलाकारहरुलाइ अक्षयकोष स्थापनाको साथै शिक्षाबाट बञ्चित बालबालिकाहरुलाई छात्रावृत्ति प्रदान गर्ने उद्देश्य राखेको आयोजकको भनाइ छ। कार्यक्रममा च्याब्रुङ नाच, धान नाच, स्याब्रु नाच लगायतका विभिन्न सांस्कृति प्रस्तुति देखाइएको थियो। साथै ताप्लेजुङ झल्कने वृत्तचित्र पनि प्रर्दशन गरिएको थियो।
ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्ता साँवाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको संयोजक बलबहादुर तामाङले गरेका थिए भने संगीत संयोजन माधव प्रधान र अशोक राईले गरेका थिए। कार्यक्रमलाइ दिनेश डिसीले संचालन गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस