काठमाडौं : पछिल्लो समय नेपाली चलचित्रले राम्रो ब्यापार नगरी रहेको अवस्थमा चलचित्र ‘प्रेम संसार’ले राजधानीका तीन वटा हलमा प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । गत मंसिर २७ देखि सिनेमाघरमा आएको चलचित्र ‘प्रेम संसार’ चलचित्रले ५१ दिन मनाएको हो ।
सोनी फिल्मसको प्रस्तुतिमा बनेको चलचित्रत्र ‘प्रेम संसार राजधानीका गोपी, अष्टनारायणा र गुण सिनेमा गरी तीन वटा हलमा ५१औं दिन पुरा गरेको खुशीयालीमा निर्माण टिमले शनिबार राजधानीमा एक कार्यक्रम गरी खुशी साटेको गरेको छ । सो अवसरमा ‘प्रेम संसार २’को पनि घोषणा गरिएको छ ।
निर्माता सङ्घका अध्यक्ष नायक तथा निर्देशक आकाश अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चलचित्रसँग आबद्ध टीम, अतिथि तथा सञ्चारकर्मीहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरीएको थियो । अतिथिहरुले चलचित्रले गौरवमय ५१औं दिन पार गर्न सफल भएकोमा निर्माण टीमलाई बधाई तथा शुभकामना दिएका थिए ।
प्रेम सोनी सुनारले निर्माण गरेको ‘प्रेम संसारमा’ उनी आफैँ मुख्य भूमिकामा रहेकाका छन् भने राम गौतमले चलचित्रको निर्देशन गरेका हुन । ५१ औं दिनको कार्यक्रममा निर्माता तथा कलाकार प्रेमबहादुर सोनीले आफू नयाँ भएपनि आफूले गरेको कामले सफलता पाएकोमा खुशी ब्यक्त गरे ।
लभस्टोरी जनराको चलचित्र ‘प्रेम संसारमा’ प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की, मोनिका दाहाल, बिबिशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल विक, यमबहादुर विक, विजय सुनार, टंक मरासिनी, किशोर पाण्डेलगायतका कलाकारको अभिनय रहेको छ । अर्जुन पोखरेल र बीबी अनुरागीको सङ्गीत रहेको चलचित्रमा एकेन्द्र सारा शंखर र राम गौतमको कोरियोग्राफी रहेको छ भने दीपेन्द्र बस्न्यातको छायाँकन रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस