काठमाडौं: नेपाल चलचित्र कलाकार संघले नेपाल सरकारका शहरी विकास राज्यमन्त्रीको सम्मान गरेको छ। शनिवार काठमाडौंको धुम्बाराही स्थित स्काई पार्टी प्यालेसमा आयोजित कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको सम्मान गरेको हो। चलचित्रकर्मी समेत रहेका राज्यमन्त्री मानन्धरले नेपाली चलचित्र उद्योगमा दिएको योगदानको कदरस्वरुप संघले सम्मान गरेको जनाएको छ।
त्यस्तैगरेर, नेपाल वाहिर प्रवास बेलायतमा विगत दुई दशकदेखि अनवरत रहेर नेपाली रंगकर्मको उत्थानमा विशेष योगदान दिएवापत अग्रज रंगकर्मी तथा चलचित्र कैदीको–पत्रका निर्देशक सनम कुमार बैरागलाई पनि संघले सम्मान गरेको छ।नेपाली लाखे नाचलाई विश्वव्यापी बनाउने अभियानमा लागेका लाखेनाचका अभियन्ता कलाकार विनोद चिपालुलाई पनि सोही समारोहमा विशेष सम्मान गरेको छ।
समारोहमा कान्तिपुर टेलिभिजनका स्टेशन मेनेजर दिनेश डिसी, नेपाल चलचित्र संघका नवनिर्वाचित पदाधिकारी लगायत गोपालकाजी कायस्थ, नवनिर्वाचित निर्देशक समाजका अध्यक्ष रक्षासिंह राणा, पशुपति विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा, इनास नेपाल च्याप्टरका संयोजक दयाराम पाण्डे लगायतलाई सम्मान गरिएको थियो।
आयोजक नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको सभापतित्वमा संपन्न कार्यक्रमको संचालन संघका उपाध्यक्ष मोहन निरौलाले गरेका थिए। कार्यक्रमको शुभारम्भ मच्छेगाउँमा रहेको नेपाल सांस्कृतिक मन्दिरका कलाकारहरुले लाखे नाच प्रस्तुत गरेर रौनकता बढाएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस