काठमाडौं : दर्पण राईको गीत ‘तिमीले बाटो फेरयौ अरे…२’ पनि करोडौं क्लवमा प्रवेश गरेको छ । मेलिना राईको स्वरमा रहेको गीत ‘तिमीले बाटो फेरयौ अरे २’ करोडौ क्वलबमा प्रवेश गरेको हो ।
यसअघि उनकै स्वरमा रहेको गीत ‘तिमीले बाटो फेरयौ अरे’ पनि करोडौ क्लवमा प्रवेश गरेको थियो । विक्रम राईको सङ्गीत, रिकेश गुरुको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा अनिल के मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । ‘तिमीले बाटो फेरयौ अरे…’ गीत बाटै मेलीना राई चर्चामा आएकी थिइन ।
‘यो मुटु दुःखछ किन’, ‘तिमीलाई मन पराउनु मेरो गल्ती होइन’, ‘मायामा जाल भो’, ‘नजिकिनु सजिलो थियो’ जस्ता एक दर्जन भन्दा बढी लोकप्रिय गीत मार्फत स्रोता/दर्शकको मन मष्तिकमा राज गर्न सफल गीतकार दर्पण राईले ‘तिमीले बाटो फेरयौ अरे…२’लाई पहिलोलाई जस्तै स्रोता/दर्शकले उत्तिकै मन पराएका कारण आज करोडौ क्लवमा प्रवेश गर्न सफल भएको बताए ।
‘तिमीले बाटो फेरयौ अरे…२’ गीतको पछिल्लो समय चर्चासँगै यस गीतको नयाँ भर्सन पनि भारतको प्रसिद्ध रियालिटी सो ‘सारेगम प लिलिट चाम्स’मा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल गायक प्रितम आचार्यको स्वरमा केही समय सार्वजनिक गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस